उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३३ करोड ५० लाख ५७ हजार बराबरको बजेट सार्बजनिक गरेको छ । गाउँसभामा गाउँपालिकाका अध्यक्ष उद्धव सिंह थापाले उक्त बजेट प्रस्तुत गरेका थिए ।
बजेटमा बित्तिय समानिकरण अनुदान तर्फ ७ करोड ९४ लाख, राजस्व बाँडफाँड तर्फ ६ करोड १० लाख ५१ हजार, सर्शत अनुदान तर्फ १६ करोड ४६ लाख, बिशेष अनुदान तर्फ १ करोड ३७ लाख, समपुरक अनुदान तर्फ ५६ लाख रहेको छ ।

यस्तै प्रदेश सरकारबाट प्राप्त हुने बित्तिय समानिकरण ४३ लाख ७३ हजार, प्रदेश राजस्व बाँडफाँड २८ लबखभ १३ हजार, गाउँपालिकाको आन्तरिक आय स्रोत तर्फ १४ लाख २० हजार रहेको छ ।

आर्थिक बर्ष २०७८÷०७९ का लागी वाताजवरण तथा बिपत् व्यबस्थापनमा ७० लाख, कोभिड १९ व्यबस्थापनमा ५० लाख, बिपत् व्यबस्थापनमा २० लाख, कृषि तर्फ ५० लाख, पशु तर्फ ५० लाख, शिक्षा तर्फ १ करोड, स्वास्थ्य तर्फ ६० लाख, खेलकुद तथा मनोरञ्जनमा ५ लाख, लैंगिक समानता तथा समाबेशीकरणमा ३३ लाख, संस्थागत बिकास सेवा प्रवाह र सुशासन सूचना प्रबिधि तर्फ ६५ लाख ५७ हजार बजेट बिनियोजन गरिएको छ ।

बजेटमा राष्ट्रिय प्रशारण लाईनको बिद्युत् बिस्तार, सडक स्तारोन्नती, शिक्षा, स्वास्थ्य वन वातावरण तथा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिईएको छ ।

तपाईको प्रतिक्रिया