कृषकलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण
उदयपुर । उदयपुरका कृषकलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. १ को आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र उदयपुरको समन्वयमा ५० जना कृषकलाई अनुदानको कृषि औजार वितरण गरिएको हो ।
खेतीपाती लगाउने समय सुरु भएसँगै उदयपुरका ५० जना कृषकलाई ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर, धान काट्ने रिपर, ब्रसर लगायतका सामग्री वितरण गरेको हो ।
गत वर्ष नै छनौट...













