उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अनुमानित बजेट ४२ करोड ८१ लाख २२ हजार रहेको छ । लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष रमिला राईले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा संघिय सरकारको तर्फबाट वित्तिय समानीकरण अनुदान तर्फ ७ करोड ३२ लाख, सशर्त अनुदान तर्फ १४ करोड ६३ लाख, राजश्व बाँडफाँड ५ करोड ५१ लाख ६५ हजार, विशेष अनुदान तर्फ २ करोड ४९ लाख र समपुरक अनुदान तर्फ १ करोड २५ लाख रहेको छ ।

यस्तै प्रदेश सरकारको तर्फबाट वित्तिय समानीकरण अनुदान तर्फ ३९ लाख ७५ हजार, सशर्त अनुदान तर्फ १९ लाख ७८ हजार, राजश्व बाँडफाँड ३५ लाख र समपुरक अनुदान १ करोड रहेको छ ।

यस्तै आन्तरिक आय तर्फ १५ लाख अनुमान गरिएको छ ।

यस्तै सामाजिक सुरक्षा खर्च २ करोड ७१ लाख ४ हजार अनुमान गरिएको छ भने सशर्त बजेट बाहेक कुल रकम २० करोड ५३ लाख ४० हजार रहेको छ ।

यस्तै सामाजिक विकास तर्फ ३ करो २२ लाख ९० हजार, आर्थिक विकास तर्फ ९६ लाख ५० हजार, पूर्वाधार विकास तर्फ १० करोड १९ लाख, सुशासन तथा क्षमता विकास तर्फ २३ लाख, न्यायिक समिति तर्फ ७ लाख, चालु खर्च तर्फ ५ करोड २० लाख र विपद व्यवस्थापन कोष र कोरोना कोष गरी ६५ लाख खर्च गर्ने लक्ष्य लिइएको छ ।

तपाईको प्रतिक्रिया