उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले १४ वटा योजनालाई गाउँपालिकाका गौरवको आयोजनाको रुपमा अघि सारेको छ ।
गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले आगामी आर्थिक बर्षका लागि सार्वजानिक गरेको हो । प्रादेशिक र संघिय वजेट वाहेक १६ करोड ३३ लाख वजेट विनियोजन गरिएको छ ।
विभिन्न शिर्षकमा गरी ५२ करोड ३३ लाख ९ हजार रुपैँयाको अनुमानित वजेट तर्जुमा गरिएकोमा ३ करोड ९ लाख ९१ हजार रुपैँया घाटा वजेट प्रस्तुत गरिएको छ । वजेटमा गरिबलाई च्यादर, सुत्केरीलाई कोसेली, विद्युत विस्तार, सडक तथा सिचाई विस्तार, कृषि, स्वाथ्य जस्ता कार्यक्रमलेसमेत प्राथामिकता पाएका छन् ।

बजेट तथा योजनामा पूर्वाधारतर्फ दुई करोड ३३ लाख, सामाजिक विकासतर्फ १ करोड १८ लाख विनियोजन गरिएको अध्यक्ष खड्काले बताए । त्यस्तै वन, वातावरण तथा विपद्तर्फ १ करोड २ लाख, आर्थिक विकासतर्फ ७१ लाख, खेलकुद तथा मनोरञ्जनतर्फ ३० लाख, सुशासन तथा संस्थागत विकासमा ५ लाख विनियोजन गरिएको छ ।

सशर्तअनुदानतर्फ २५ करोड ६८ लाख, विशेष अनुदानतर्फ १ करोड ४९ लाख, प्रदुषणबाट १० लाख आउन सक्ने वजेटको सिमा निर्धारण गरिएको छ । त्यसैगरी चालु खर्चमा ६ करोड १३ लाख रुपैँया विनियोजन गरिएको अध्यक्ष खड्काले बताए ।

वन, वातावरण तथा विपत अन्र्तगत आपतकालिन सेवाको वारुण नियन्त्रण, प्रहरी भवन, एम्वुलेन्स सञ्चालन लगायतका शिर्षकमा विनियोजन गरिएको छ । गाउँपालिका भवन निर्माणका लागि ९७ लाख, वडागत वजेटतर्फ ३ करोड २० लाख, विद्युत विस्तारमा १ करोड, रौतापोखरी अतिथि गृह घेरावेरा जोडकोषतर्फ १ करोड ४९ लाख, मुर्कुची–भुट्टार प्रादेशिक सडक कालोपत्रेका लागि जोडकोष २ करोड रुपैँया विनियोजन गरिएको उपाध्यक्ष कुमारी ठकुरीले बताईन् ।

श्रोतको अनुमानमा आन्तरिक आयतर्फ ५० लाख, समानिकरण अनुदान १० करोड १९ लाख, राजश्व वाँडफाँड ८ करोड ९८ लाख ९ हजार, सशर्त अनुदानतर्फ २५ करोड ६८ लाख आउने आकलन गरिएको उनले बताईन् ।

गाउँसभाले सामाजिक क्षेत्रतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति प्रवृद्धन, खेलकुद तथा मनोरञ्जन, लैङिक समानता तथा सामाजिक समावेशीकरण, पुर्वाधार क्षेत्रतर्फ स्थानीय सडक, पुल तथा झोलुङे पुल, सिचाई, भवन तथा सहरी विकास, उर्जा लघु तथा साना जलविद्युत (वैकल्पिक उर्जासमेत) सञ्चारलाई लिएको छ ।

तपाईको प्रतिक्रिया