निजी मेडिकल कलेज बढी शुल्क फिर्ता गर्न तयार
काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो ।
उक्त सहमतिअनुसार मेडिकल कजेजले आज बुधबारबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ ।
त्यस्तै दुई पक्षीय सहमतिमा ०७२÷०७३ र ०७३÷०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ ।
मेडिकल कलेजले विद्यार्थीको रकम फिर्ता ...













