उदयपुर । उदयपुरमा सिलिण्डर बम बिष्फोट गराएको आरोपमा सिद्धान्त राई पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ स्थित वडा कार्यालय लक्षित गरि गत भदौं २ गते सिलिण्डर बम विस्फोट  गराएको आरोपमा सिद्धान्त राई पक्राउ परेको छ । त्रियुगा नगरपालिका १२ स्थित बेचुदास चौधरीको घरमा रहेको गोप्य सूचनाको आधारमा त्रियुगा नगरपालिका १० का ३६ वर्षिय सिद्धान्त राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर बुढामगरले जानकारी दिए ।

उनलाई त्रियुगा नगरपालिका ६ स्थित पुरानो वडा कार्यालय रहेको जलजले खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय भवनमा सिलिण्डर बम विष्फोट गराएको आरोपमा पक्राउ गरेको हो ।
विप्लव समूहले ५ केजी बाला ग्यास सिलिण्डरमा पराल र मोटर साइकलको टायर लगाएर आगो लगाएर विष्फोट गराएको थियो । बमले झ्यालको सिसा, सिलिङ्ग पंखा, ढोकामा क्षतिको साथै प्लाष्टिकको कुर्सी, टेबल जलेको थिए ।

पक्राउ परेका राई नेकपा विप्लव समूहका जिल्ला कमिटी सदस्य तथा युवा अध्यक्ष हुन् । पक्राउ परेका राईलाई जिल्ला अदालत उदयपुरमा म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया