उदयपुर – आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यमा उदयपुरबाट स्वतन्त्र उम्मेदवार बनेकाहरुले माछा देखि कैचीसम्म चुनाव निर्वाचन चिन्ह पाएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्रहरुलाई चुनाव चिन्ह प्रदान गरेका छन् । स्वतन्त्र र दल गत गरी संघमा २४ जना र प्रदेशमा ३६ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये संघमा दुई जना र प्रदेश सदस्यमा चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उदयपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राम श्रेष्ठ चौधरीले कैची चुनाव चिन्ह पाएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार रामकुमार राईले माछा र रामणि पौडेलले क्रस खुकुरी चुनाव चिन्ह पाएका छन् ।
यस्तै निर्वाचन क्षेत्र नं. १ प्रदेश सदस्यका स्वतन्त्र उम्मेदवार कुमार खड्काले पानीको धारा र जय सुवेदीले जेब्रा चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन क्षेत्र नं. १ प्रदेश सदस्यका उम्मेदवार उद्धब घिमिरेले पानीको धारा चुनाव चिन्ह लिएको पाएका छन् ।
गठनबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्दै उदयपुर प्रदेश सभा १ (ख) का स्वतन्त्र उम्मेदवार बासुदेव उपाध्याय र प्रदेश सभा २ (ख) का स्वतन्त्र उम्मेदवार हेम दाहालले उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रदेश सभा १ (ख) का उम्मेदवार बासुदेव उपाध्यायले नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीलाई सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता लिएका छन् भने हेम दाहालले पनि गठबन्धनको मर्म र भावनालाई कदर गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।