उदयपुर – आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको उम्मेदबारमा सत्ता गठबन्धनमा प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट नारायण बुर्जा मगर र राजन किराती (बाँसु) साँझा उम्मेदबार बन्ने भएको छ ।
उदयपुर निर्वाचन क्षेत्र नं. १ (क) र २ (क) का सत्ता गठबन्धनका साँझा उम्मेदबार मगर र किरातीलाई नेकपा माओवादी केन्द्रको टिकट पोलिटब्यूरो सदस्य सुरेश कुमार राई (हिमाल) ले हस्तान्तरण गरेको छ । उदयपुर निर्वाचन क्षेत्र नं. १ (क) मा नेतार राजन किराती (वासु) र निर्वाचन क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्यमा नारायण बुर्जा मगरलाई टिकट पोलिटब्यूरो सदस्य राईले हस्तान्तरण गरेका हुन् । मगर पुनः दोस्रो पटकको लागि उम्मेदबारी बनेको हो । यस अघि सोही क्षेत्रमा स्वतन्त्रबाट चुनाव जितेका थिए । पछि मगरले नेकपा माओवादी पार्टी रोजे ।

यस्तै प्रदेश तर्फ निर्वाचन क्षेत्र नं. १ (ख) मा पुनः हिमाल कार्कीलाई टिकट दिइएको छ । उनी प्रदेश पूर्वाधार तथा शहरी विकास मन्त्री हुन् । उदयपुर निर्वाचन क्षेत्र नं. २ (ख) मा नेपाली काँग्रेसको भागमा परेपनि उम्मेदबार टुङ्गो लगाउन नसकेको स्रोतले जानकारी दिए ।

यस्तै प्रतिनिधिसभाको निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट साँझा उम्मेदवारीको रुपमा निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसको भाग र निर्वाचन क्षेत्र नं. २ नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । नेपाली काँग्रेसबाट नेता डा. नारायण खड्कालाई टिकट दिइएको छ । डा. खड्का बहालबाला नेपाल सरकारको परराष्ट्र मन्त्री हुन् ।

यस्तै उदयपुर निर्वाचन क्षेत्र नं. २ मा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई टिकट दिइएको छ । खतिवडा पूर्व सांसद पनि हुन् ।

तपाईको प्रतिक्रिया