उदयपुर । आफूलाई अपमान जनक हटाईएको भन्दै त्रियुगा नगरपालिकाकी एक कर्मचारी अदालतको ढोका ढकढक्याउन पुगेकी छिन ।
असार ३१ गते राती म्याद नथप्ने निर्णय भएका ५९ जना मध्ये एक त्रियुगा नगरपालिकाका सामी परियोजना प्रमुख जयन्तीकला तामाङले नगरपालिका विरुद्ध उच्च अदालतमा रिट दायर गरेकी हुन ।
सामी परियोजना प्रमुख तामाङले उच्च अदालत विराटनगरमा भदौ ३० गते उत्प्रेषण, परमादेश प्रतिशेध रिट दायर गरेकी हुन । रिटमा आफूलाई मेयर बसन्त बस्नेतले अपमान जनक ढंगबाट हटाएकोले उक्त मेयर बस्नेतको निर्णय बदर गरी नगरपालिकामा स सम्मान पुनःवाहाली गर्न माग गरेकी छिन ।
त्रियुगा नगरपालिका र त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेत विपक्षी रहेको रिटमा तामाङले परियोजना तर्फका कर्मचारी भएकाले नगरपालिकाको कोषमा समेत व्ययभार नपर्ने हुँदा मेयर बस्नेतले गरेको निर्णय पुर्वाग्राही भएकाले कर्मचारी हटाउने निर्णय विरुद्ध परमादेशको माग गरिएको छ ।
भदौ ३० गते दायर रिटमा भदौ ३१ गते उच्च अदालत विराटनगरका न्यायधिस कृष्ण कमल अधिकारीको एकल इजालसले कारण देखाउ आदेश जारी र अन्तरिम आदेश छलफलमा झिकाउने आदेश दिएको थियो ।
न्यायधिस अधिकारीले त्रियुगा नगरपालिकालाई १५ दिन भित्र कर्मचारी हटाउनुको कारण सहित जवाफ पेस गर्न भनेको छ । मुद्दालाई अग्राधिकारमा राखेर चाँडो फैसला गर्न पनि आदेश गरेको तामाङले बताईन् ।
यस अघि त्रियुगा नगरपालिकाको निष्कासनमा परेका कर्मचारी धनबहादुर मगरले समेत नगरपालिका विरुद्ध उच्च अदालत विराटनगरमा रिट हालेका छन ।
सम्बन्धित समाचार
- दशैंको मुुखमा त्रियुगा नगरपालिकाका करार कर्मचारीको पद घटुवा, दैनिक ज्यालादारीमा काम गर नत्र घर जाऊ
- मेयर बस्नेतको निर्देशनमा त्रियुगा नगरपालिकामा लगाएको ताला फोड्यो
- त्रियुगा नगरपालिकाको मुल गेटमा ताला, कामकाज ठप्प
- त्रियुगा नगरपालिकाको करार कर्मचारी समस्या सामाधान गर्न बहुमत कार्यपालिका सदस्यहरुद्वारा कार्यपालिकाको बैठक माग
- त्रियुगा नगरपालिका विधि र कानूनबाट चल्छ, राजा महाराजाको जस्तो एकल आदेशले चल्दैन : उपमेयर राई
- त्रियुगा नगरपालिकाका करारको कर्मचारीलाई नहटाउन नेकपा एसको माग
- त्रियुगा नगरपालिकाबाट निष्काशित कर्मचारीहरु आन्दोलित
- त्रियुगाका मेयर बसन्त बस्नेतले ५९ जना कर्मचारी हटाए (नामावलीसहित)
- बसन्त बस्नेत मेयर नहुँदै करारका कर्मचारीको जागिर खाई दिने चर्चा