उदयपुर / प्रेस काउन्सिल नेपालका कार्यावाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारहरुलाई आचारसहिताको परिधिमा रहि मर्यादित भएर काम गर्न आग्रह गरे । पछिल्लो समय पत्रकारितामा बिकृति बढेको छ । अनलाईन मिडियाले कसैले कसैलाई खुईल्याउन बाँकी राखेको छैन् ।
सामाजिक सञ्जाल जस्ता सोसल मिडियाले पत्रकारलाई मात्र नभई आम सर्बसाधारण देखि सार्वजनिक पद धारण गरेका ब्यक्तिको चरित्र हत्या गरि दुःख दिने काम भएको छ । पत्रकारले आफनो बानी ब्यहोरा परिर्वतन गर्नु पर्नेमा जोड दिर्दै पत्रकारहरु आफै चिकित्सक र ज्योति बन्न हुने कि नहुने हामीमा भएको खराबीलाई सुधार्दै जानु पर्नेमा कार्यावाहक अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
हामी मर्यादित बन्न नसकेकै कारण वा हल्लाको पछि कुदने गरेकाले राज्यले बिभिन्न बहानामा ऐन कानुन बनाउँदै पत्रकारिता क्षेत्रको बन्ध्याकरण गर्दैछ । हामी हल्लाको पछि भन्दा पनि यर्थाथ तथ्यमा आधारित दिगो पत्रकारिता र खोजी पत्रकारिता गर्रौ । हामी आफनै कारणले गर्दा पत्रकारिता मर्दादित बनाउन सकेका छैनौं । हामी मर्यादित नभकै कारणले हामीलाई अरुले उनीहरुको स्वार्थका निम्ति प्रयोग गरि राखेको छ, तर हामी थाहा पाउँदैर्नौ । हामी पत्रकार चौतारीको बादल भएकाछौ । सबैले बजाएर खरि झारेर छाडि दिने ।
प्रेस काउन्सिल नेपाल २०४८ सालको ऐन अनुसार सञ्चालन भई रहेको छ । सो ऐन छापा माध्यम र रेडियोको लागि मात्र निर्माण भएको थियो । पछिल्लो समयमा अनलाईन तथा डिजिटल मिडियाको बिकाससँगसँगै बिकृति बढेको कार्यावाहाक अध्यक्ष श्रेष्ठले औल्याए । पुरानो कानुनको आधारमा प्रेस काउन्सिल चलेको भएता पनि अनलाईनमा समाचार लेखेकै आधारमा पक्राउ परेको पत्रकारहरुलाई छुटाउने काम काउन्सिलले गरेको कार्यावाहाक अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
स्थापनामा कालमा प्रेस काउन्सिल नेपाल सत्ताधारीको रक्षा कबजको रुपमा थियो । राज्य सत्ताको पक्ष पोषण गर्ने काम हुन्थ्यो । तर अहिले आएर प्रेस स्वतन्त्रताको रक्षाका निम्ति प्रेस काउन्सिलले काम गर्दै आएको छ । पत्रकार तथा पत्रिकाहरुको बृत्ति बिकास र प्रर्बधनमा काम गर्दै आएको कार्यावाहक अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले हाम्रो संबिधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको छ । संसारको कुनै संविधानमा यस्तो लेखिएको छैन् । हामी अनुशासित हुनु पर्दछ । हामीले हाम्रो लागि आफैले निर्माण गरेको आचारसंहिता पालना गरौं ।
हामी अनुशासित तथा मर्यादित बन्न सकेर्नौ भने राज्यले बिभिन्न बहानामा प्रेस माथि अकुल लगाउने कानुन ल्याउन सक्छ । पत्रकारहरुको जमातमा केहि खराब पत्रकारले गर्दा समस्या सिर्जना भएको छ । एउटा बोरामा एउटा कुहिएको आलुले सबै आलुलाई बिर्गान सक्छ । त्यस्ता पत्रकारहरुलाई अलग गरौं । पत्रकार महासंघको स्थापना भएको ६५ वर्षको ईतिहास छ । जसले गर्दा पत्रकारहरु माथि आम नागरिकको हक हितको अधिकारका निम्ति आवाज उठाउने संस्था पनि हो ।
महासंघले समानुपातिक बिज्ञापन निति तत्काल लागु गर्न बारम्बार सरकारसँग आग्रह गर्दै आएको छ । महासंघ र प्रेस काउन्सिलले सर्बोच्च अदालतमा समानुपातिक बिज्ञापन निति लागु गराउन माग गर्दै दिएको रिट निवेदन उपर अदालतको फुल ईजलासले सरकारको नाममा निर्देशात्मक आदेश गर्दै तुरुन्त लागु गर्न आदेश दिएको छ । जसले बिज्ञापन बोर्ड गठन गरि समानुपातिक स्थानीय तथा केन्द्रलाई समानुपातिक रुपमा बिज्ञापन दिने ब्यवस्था हुने जानकारी दिए । प्रदेश तथा स्थानीय तहले धमाधम कानुन बनाउदै गरेको अवस्थामा उनीहरुलाई प्रेस स्वतन्त्रतामैत्री कानुन बनाउन स्थानीय महासंघले भूमिका खेल्न आग्रह गरे ।
त्यसैगरी पत्रकार महासंघले लामो समय काम गरेका पत्रकारहरुलाई मासिक ५ देखि १० हजार रुपैया सामाजिक सुरक्षा भत्ता ६० वर्ष पुगेका पत्रकारहरुलाई दिने तयारी भई रहेको अध्यक्ष आचार्य बताए । उनले भने अहिले ३ करोडको कोष स्थापना भएको छ, त्यसमा २ करोड थपेर ५ करोड यसै वर्ष पुग्दैछ आगामी वर्ष ५ करोड थपेर १० करोड पु¥याउने लक्ष्य रहेको आम सञ्चार माध्यम र पत्रकार आचारसंहिता सम्बन्धित मिडिया सवाद कार्यक्रममा बुधवार गाईघाटमा सो बताएका हुन । प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले पत्रकार आचारसंहितामा पत्रकारले गर्न हुन र नहुनेको बारेमा जानकारी दिएको थियो । प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुर शाखाले संयोजन गरेको थियो । कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रामप्रसाद रिजाल, बरिष्ठ पत्रकार कौशल चेम्जोङ्गले शुभ कामना दिएका थिए भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष भोटराज राईले गरेको थियो । कार्यक्रमको अध्यक्षता भरत खड्काले गरेको छ ।