उदयपुर / आफुभन्दा ठुला र अग्रजको सम्मान गर्न संस्कार बसाउने उद्देश्यले टोलविकास संस्थाले बुधबार तीन जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । उदयपुरको त्रियुगा नगरपालीका–९ को नवउदय टोल विकास संस्थाले आफ्नो टोलका तीन जना जेष्ठ नागरिकलाई सम्मान गरेकोछ ।
जेष्ठनागरिक सम्मान तथा दिपावली र छठ पर्वको सुभकामना आदान प्रदान कार्यक्रममाको आयोजना गरि नवउदय टोलका १०० वर्षिय धनमाया कटुवा, ८१ वर्षिय युद्धराज पोखरेल र ८० वर्षिय धनमाया कार्कीलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी त्रियुगा नगरपालीका वडा नम्वर ९ का वडाध्यक्ष धनबहादुर दनुवार र कार्यक्रममा सभाध्यक्ष नवउदय टोल विकास संस्थाका अध्यक्ष होम बहादुर कार्कीले माला, दोसल्ला र अविर लगाएर सम्मान गरेका थिए ।


प्रमुख अतिथी त्रियुगा नगरपालीका वडानम्वर ९ का वडाध्यक्ष धनबहादुर दनुवारले कार्यक्रममा बोल्नु हुदै सरकारको नितीलाई पछ्याउदै एउटा टोलविकास संस्थाले आफ्नो टोलको जेष्ठ नागरिकलाई सम्मानगर्न सुरुगर्नु उदयपुर जिल्लाकै नमुना कार्यको थालनी भएको बताउनु भएकोछ । वहाले त्रियुगा नगरपालीका वडानम्वर ९ भित्र भएको २३ वटा टोलविकास संस्था रहेको बताउनु भएको छ । यस टोलविकास संस्थाले गरेको यो अग्रज नागरिसम्मान कार्यक्रम नौलो प्रस्तुती भएको र अन्य टोल विकासले पनि यसको थालनी गर्नु पर्ने बताउनु भएकोछ । त्यस्तै वहाले कार्यक्रममा वडाले पनि जेष्ठ नागरिक, एकल महिला लगाएतको सम्मान कार्यक्रम छिट्टै गर्ने जानकारी गराउनु भएकोछ ।
यसै गरि कार्यक्रमका विशेष अतिथी त्रियुगा नगरपालीकाका कार्यपालीका सदस्य केदार दनुवारले जेष्ठ नागरिक सम्मानकार्यक्रम समुदायको तर्फबट भएकोले यो एकदमै श्रहानीय भएकोले यो टोलविकास संस्था धन्यवादको पात्र बनेको बताउनु भएकोछ । यसरी नै वहाले नवउदय टोलविकास संस्थाले अग्रजको सम्मान र सानालाई माया गर्ने संस्कारको थालनी गरेको हुनाले उदयपुरको त्रियुगा नगरपालीका भित्र रहेको सवै १सय ९२ वटा टोलविकास संस्थाले नवउदय टोलविकास संस्थाबाट सिक्नु पर्ने बताउनु भएको छ । वहाले यस्ता संस्कार र संस्कृतिलाई संरक्षण गर्न नजाने हाम्रा सन्ततीले विर्सेर जाने अवस्था भएकोले यस्ता संस्कारको संरक्षण गर्न जरुरी रहेको बताउनु भएको छ ।


उदयपुरको त्रियुगा नगरपालीका वडानम्वर ९ नबउदयटोल स्थितको (त्रिपुरेश्वर मन्दिर प्रागंन)मा आयोजना गरिएको कार्यक्रममा त्रियुगा नगरपालीका वडानम्वर ९ का वडाध्यक्ष श्री धनबहादुर दनुवार, त्रियुगा नगरपरिषद सदस्य केदार दनुवार, टोल विकास वडा समन्वय समिती अध्यक्ष तथा सगरमाथा टोलविकास संस्थाका अध्यक्ष श्री पार्वती खड्का, त्रियुगा नगरपालीका वडानम्वर ९का महिला सदस्य, दलित महिला सदस्य लगाएत पञ्चकन्या सामुदायीक वनका अध्यक्ष श्री मेख बहादुर भट्टराई, विभिन्न टोलविकास संस्थाका अध्यक्षहरु, पत्रकार र स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको अन्तिममा भैलेनि खेल्दै तिहार भरि यस टोलविकास संस्थाबाट त्रिपुरेश्वर मन्दिर प्रागंनमा देउसि भैलो खेलिने अध्यक्ष कार्कीले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया