उदयपुर / नेपाल कन्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले पार्टी एकताले बुलेटको जस्तो मजबुत इन्जिन बनेको बताए । इतिहासमा नै दुवै पार्टीको एकता पछि शक्तिशाली बुलेटको जस्तो इन्जिन निर्माण भएकाले सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्दै समाजवाद उन्मुख दिसामा दगुर्ने दाबी गरे ।
पार्टीको इन्जिन र बडी निर्माण भई सकेको छ, रंगरोगन गर्न बाँकी रहेको औल्याउँदै केहि दिन भित्रै रंगरोगन लगाई दाबी गरे । नगर प्रमुख चौधरीले पार्टी एकता पछिको जिल्ला तथा तल्ला कमिटी निर्माणको प्रसंगमा सो कुरा बनाएका हुन । पाटी समाजवाद उन्मुख दिसामा जाने भएकाले तत्काल देखिएका समस्याहरुलाई समाधान गर्दै लैजाने बताए ।
उनले भने, त्रियुगा नगरपालिकालाई मजदुरमैत्री बनाउने प्रयास भई रहेको टिप्पणी गरे । मजदुरको धेरै समस्याहरु छन् त्यसलाई आपसी छलफलको माध्यमद्धारा समाधान गर्ने प्रयास गरिने बताए ।
अखिल नेपाल ट्रेड युनियन महासंघ उदयपुरले सनिवार नेपाल कम्युनिष्ट पार्टी उदयपुरको सम्र्पक कार्यालयमा आयोजित शुभ दिपावली नेपाल सम्वत र छट पर्वको अबसरमा शुभ कामना आदान प्रदान कार्यक्रममा सो बताएका हुन् । केन्द्रिय सदस्य तथा नगर प्रमुख चौधरीले पार्टी एकता भएको छ, नेता तथा कार्यकर्तासंग भेटघाट हुने अबसर थिएनन, तर यस कार्यक्रमले यस्तो अबसर जुटाई दिएकोमा धन्यावाद समेत दिए ।
त्यसैगरी पार्टी एकता कार्यदलका सदस्य तथा नेकपाका नेता मोहनबहादुर खत्रीले हाम्रो पार्टी समाजवाद उन्मुख राज्य व्यवस्था चाहन्छ, सोही अनुरुप निर्वाचित जनप्रतिनिधिहरुले काम गर्नु पर्नेमा जोड दिए । उनले भने, संविधानले सबैलाई समान अधिकार दिएको छ । पार्टी निर्माण संक्रमणकालमा छ, सबैको साझा भावनाले मात्र पार्टीलाई बलियो बनाउन सक्ने औल्याउने बताए ।
पार्टीको जिल्ला देखि तल्ला कमिटी सम्म छिटो निर्माण गर्नु पर्ने धारण राखे । श्रम ऐन कार्यान्वयन तहमा रहेको केहि समस्याहरु आएका छन् त्यसलाई सम्बन्धित स्थानीय तहको पहलमा समस्याको समाधान गर्न आग्रह गरे ।
त्यसैगरी नेकपाका नेता ईश्वरमणि राउतले बिभिन्न बहानामा मजदुरहरु पिडामा परेको औल्याउँदै परापुर्वकालबाट मजदुर वर्ग शोषणमा पर्दै आएको बताए । मजुदर माथि हुने शोषणाको स्वरुप फेरिएको छ । तर आजको गणतान्त्रिक ब्यवस्थामा पनि मजुदर शोषणामा पर्नु भने राज्य ब्यवस्थाको कमजोरी हो । अहिले आर्थिक रुपमा मजदुर शोषणामा पर्ने गरेको छ । मजदुरको शोषण अन्त्यका लागि आफु जहिले पनि साथ दिने प्रतिबद्धता प्रकट गरे ।
नेकपा नेता भिमबहादुर अधिकारी ( अनिल ) ले भने, बिश्वका धेरै क्रान्तिहरु मजदुरद्धारा सफल भएको इतिहास छ, त्यसैले सजदुरको समस्यामा सबै गम्भिर भएर लाग्नु पर्ने बताए । नेता अधिकारीले सबैलाई सम्मान गरौं संस्कार संस्कृति सबैको संरक्षण गरौं, एउटा जातको मात्र पर्वको अबसरमा शुभ कामना आदान प्रदान गर्नु भन्दा सबैको चाड पर्वको अबसरमा शुभ कामना दिने बानीको बिकास गरौं ।
पार्टी समायोजन समितिका सदस्य राजन किराँतीले भने समाजवादी क्रान्ति पुरा गर्ने अभियानमा सबै नेता तथा कार्यकर्ता मिलेर लाग्न आग्रह गरे । त्यसैगरी प्रदेश १ का सांसद नारायणबहादुर बुर्जा मगरले मजदुरको समस्याको बारेमा छलफल गरि निकास निकाल्न पर्नेमा जोड दिए । मजदुरसँग हातेमालो गरि पार्टी र देश बनाउन आग्रह गरे ।
त्यसैगरी प्रदेश १ का सांसद अम्बिका थापाले पार्टी समायोजना गर्दा एक ब्यक्ति एक पद कायम गर्नु पर्ने धारणा राखे । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य पदम दाहालले श्रम ऐनले तोकेको न्यूनितम ज्याला १३ हजार ४५० रुपैयासम्म समेत यहाँका मजदुरले नपाएको जानकारी दिएका छन् । बिभिन्न बहाना यातायात क्षेत्रको मजदुरको रोजगारी खोसिएको छ । देश भरबाट सरकारले सिन्डिगे्रट हटायो, देशमा कार्यरत मजदुरहरुको रोजागरी खोसिएन् तर यहाँ हिमाली यातायात ब्यवसायी संघले भने दर्जनौ मजदुरको रोजगारी खोसेको छ ।
उदयपुर सिमेन्ट उद्योगमा कार्यरत सुरक्षा मजदूरले श्रम ऐनले तोकिए जतिको ज्याला पाएको छैन् । निति क्षेत्रमा दैनिक २ सय रुपैयामा काम गर्न मजदुर बाध्य छन्, त्यसको बारेमा पनि पार्टी तथा स्थानीय तहले हेर्नु पर्नेमा जोड दिए । श्रम ऐनले दैनिक ५१७ रुपैया तोकिएको भएता पनि सो अनुरुपको ज्याला आफुहरुले नपाएको सुरक्षा मजदुर युवराज कार्कीले गुनासो गरे । कार्यक्रममा अमर काफलेले स्वागत गरेका थिए भने काशी कार्कीले सञ्चालन र चक्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।