उदयपुर – उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँँदै गरेको को. १ ज २५९३ नम्बरको बोलेरो दुर्घटनामा ६ महिनाको बच्चा सहित ७ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको छ ।

बोलेरोमा ६ महिनाको बच्चा सहित १६ जना सबार मध्ये चालक चालक मानबहादुर बस्नेत बाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घाइते ९ जनाको उद्दार गरिएको छ । बोलेरोमा अधिकांश यात्रु भोजपुरकै आमचोक र हतुवागढी गाउँपालिकाकाको रहेको छ ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई उपचारको लागि बोट मार्फत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएपी तथा सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए । बोलेरो सडकबाट करिव ८०० मिटर तल भिरमा खसेको थियो ।

तपाईको प्रतिक्रिया