उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा सदस्य १ (क) मा राजन किराती (बासु) एक  हजार २४३ मतले विजयी भएको छ । सत्ता गठबन्धनको साझा उम्मेदबार नेकपा माओवादीका नेता किरातीले  १५ हजार ९२ मत ल्याएर विजयी भएको प्रतिनिधि र प्रदेश सभा मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जनाएको छ ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदबार कुशलबाबु बस्नेतले १३ हजार ८४९ मत ल्याएका छन् । बेलका र चौदण्डीगढी नगरपालिका गरी ३८ हजार ८५७ मत खसेको थियो । खसेको मत मध्ये एक हजार ८७५ बदर भएको छ । उनले सोही क्षेत्रबाट दुई पटक संविधान सभाको निर्वाचनमा पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया