उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन १ (ख) को मतगणनामा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार हिमाल कार्की ६६० मतले अगाडी रहेको छ ।

पछिल्लो २७ हजार ७८६ मत गणना गर्दा काँग्रेसका कार्कीले ११ हजार ५६० मत ल्याएका छन भने एमालेका इश्वरमणि राउतले १० हजार ९०० मतले पछ्याई रहेको छ । उनले पछिल्लो चरण ४४३ मत घटाउन सफल भएको छ ।
यस्तै एक हजार ६३ मत बदर भएको छ । उदयपुर निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा १(ख) मा ३७ हजार ६८५ मत खसेको छ ।

तपाईको प्रतिक्रिया