उदयपुर – उदयपुरमा सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । दिउँसो ३ः५० बजे मुख्य निर्बाचन अधिकृतको कार्यलयमा पुगेर मनोनयन गरेका छन् । गठबन्धनको तर्फबाट उदयपुर क्षेत्र नं. १ मा डा. नारायण खड्काले उम्मेदवारी दर्ता गराएका छन् । उनी सरकारका परराष्ट्र मन्त्रीसमेत हुन् । उहाँले २०६४ र २०७० सालको संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

यस्तै, क्षेत्र नं. १ (क) मा माओबादीका राजन किराँती बासुले उम्मेदवारी दर्ता गराएका छन । क्षेत्र नं. १ (ख) मा नेपाली काँग्रेसका हिमाल कार्कीले उम्मेदवारी दिएका छन् । उनी प्रदेश नं. १ का भैतिक पुर्बाधार मन्त्री समेत हुन् ।

उम्मेदवारी दर्ता अघि गठबन्धन नाराबाजी सहित निर्बाचन कार्यलय पुगेका थिए । उम्मेदवारी दर्ता पछि डा. नारायण खड्काले जनताले आफुलाई पुनः जिताउने विश्वास ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया