उदयपुर । उदयपुरको विकट पालिका मध्येका लिम्चुङबुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मेजर कुमार राईले दोस्रो कार्याकालका लागि पदभार ग्रहण गरेका छन् । उनले बुधबार कार्यालयमा पदभार ग्रहण गर्दै निरन्तर दोस्रो कार्याकालमा फर्केका हुन् ।
पदवहालीसँगै राईले बिषेश रुपमा लिम्चुङबुङ गाउँपालिकामा शैक्षिक सुधार कार्यक्रम चरणबद्ध रुपमा लागू गर्ने प्रतिवद्धता जनाएको छ । पहिलो चरणमा गाउँपालिकाको ५ ओटा मा.वि. मा आधारभूत तहको गुणस्तरिय शिक्षा सुनिश्चितताको लागि बालविकास कक्षाहरुको भौतिक तथा शैक्षिक सुधार गर्ने राईले पदभार ग्रहणको क्रममा प्रतिवद्धता जनाएका छन् ।
लिम्चुङबुङ गाउँपालिकाको सुनकोशी गडतिर क्षेत्र विकासको लागि अध्यक्ष कृषि परियोजना अन्तर्गत सुनकोशी तटीय क्षेत्रहरुमा व्यावसायिक कृषि कार्यक्रम सञ्चालन अध्यक्ष राईले बताए । उद्यम कोषको स्थापना गरेर एक घर एक उद्यमी कार्यक्रम लागू गरी निर्मित बस्तुहरु बाहिर पठाउन सहयोग गर्ने राईले प्रतिवद्धता जनाएका छन् ।
विगतमा गरेका प्रतिवद्धताहरुमा हरेक वडामा विजुली वत्ती पुगेको छ भने सुविधा सम्पन्न सहितको गाउँपालिकाको भवन निर्माणको चरणमा रहेको छ । यस्तै एभरेष्ट भ्यूटावरको काम धमाधम भईरहेको छ ।