उदयपुर / उदयपुरको सदरमुकाम गाईघाट रहेको ग्यास डिलरले ग्यास लुकाई कृति अभाव सिर्जना गरी कालाबारी गर्ने गरेको भेटिएको छ । बजारमा डेढ महिला यता ग्यासको कृतिम अभाव सिर्जना गरेको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले गाईघाट बजारको ग्यास डिलरहरुमा बिहिवार छड्के अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत खेमराज थापा नेतृत्वमा भएको बजार अनुगमनमा १२०० ग्यास आयत हुनु पर्नेमा दुई सय पचास मात्र ग्यास आउने गरेको पाईएको हो । प्रशासकीय अधिकृत थापाले पिपलचोक नजिक रहेको कोशी ग्याँस डिलर, बाबारानी मार्गमा रहेको रिजालको ग्याँस डिलर र सुपर ग्याँस डिलरमा अनुगमन गरेका थिए ।
अनुगमनको क्रममा कोशी ग्यासका डिलरले कृतिम अभाव सिर्जना गर्दै ग्राहकहरुलाई ग्यास नभएको भन्दै फर्काउने गरेको गुनासो आएपछि अनुगमन टोलीले कोशी ग्यासको डिलरमा छापा मार्दा ६५ वटा ग्यास लुकाई राखेको अवस्थामा भेटिएको थियो ।
अनुगमन टोलीले पहिला ग्यास सोद्धा नभएको जानकारी दिएको थियो, तर पछि प्रहरी सहितको टोलीले गोदाम खोल्न लगाएर हेर्दा ६५ वटा ग्यास फेला परेको प्रशासकिय अधिकृत थापाले जानकारी दिए । ग्यास लिन आउने ग्राहक तथा उपभोक्तालाई नदिईकन चर्को मुल्यामा बिक्रि गर्न कृतिम अभाव सिर्जना गरेको स्थानीय उपभोक्ताहरु बताउँछन ।


त्यसैगरी रिजाल तथा जगदम्बा ग्यासको डिलरमा अनुगमन गर्दा केहि दिन अघि मात्र आएको ग्यास ४० प्रतिशत मात्र यहाँ बिक्रि गरि बाँकी रहेको ६० प्रतिशत ग्यास पहाडी भेगमा पठाएको ग्यासका डिलरले जानकारी दिए । रिजालको ग्याँस डिलरले एउटै व्याक्तिलाई ४५ सिलिन्डरसम्म ग्याँस बितरण गरेको पाईएको छ । अनुगमन भईरहदाँ बजारमा ग्याँसको हाहाकार देखिएपनि ग्राहकले महंगो शुल्क तिर्न तयार भए सबै डिलरहरुले ग्याँस उपलब्ध गरादिने गरेको स्थानीयहरुको भनाई थियो ।
यसरी गैरकानुनी रुपमा तोकिएको मुल्य भन्दा बढी मुल्यमा यहाँको ग्राहकहरुलाई बिक्रि बितरण नगरिकन चर्को मुल्य असुल्दै दुगर्म भेगको पठाउने गरेको स्थानीयको गुनासो रहेको छ । टोलीले अनुगमन गरेको ग्यास डिलरहरुमा खरिद गरेर ल्याएको सँख्या अनुसारको बिक्रि गरेको सख्या नमिलेको पाईयो । टोलीले कोशी ग्यास, प्रिमा, सुपर, रिजालको, कामख्या, जगदम्बा र सुबिधा ग्यासको अनुगमन गरेको थियो ।
अनुमगन गरिका मध्ये सुबिधा ग्यासले भने ग्राहकलाई दिदै आएको भेटियो र बाँकीले ग्राहकलाई ग्यास नभएको भन्दै फर्काउने गरेको पाईयो । अनुगमन टोलीले पहिलो पटक भएकाले सचेत गराउँदै हिडेको थियो । जगदम्बा र रिजालको ग्यास डिलरले भने अनियमित रुपमा ग्यास लुकाई काला बजारी गरि उपभोक्तालाई ग्यास नदिएको र खरिद तथा बिक्रि खाता समेत स्पष्ट नभएको तथा संकास्पद देखिएकाले सम्पूर्ण कागजात जफत गरी जिल्ला प्रशासन कार्यालय उदयपुरमा हाजिर हुन भनिएको छ ।

तपाईको प्रतिक्रिया