उदयपुर / नेपाल कम्युनिष्ट पार्टीको यहि मंसिर १२ गते बसेको केन्द्रिय सचिवालयको सत्रौ बैठकले सात वटै प्रदेशमा सदस्य चयन गरेको छ । प्रदेश सदस्यमा उदयपुरबाट प्रदेश सांसद अम्विका थापा, नारायण बुर्जा मगर, कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउत समेत प्रदेश सदस्यमा छनौट भएका छन । अम्विका थापा र भिमकुमारी राउत तत्कालिन नेकपा एमालेबाट हुन भने नारायण बुर्जा मगर तत्कालिन नेकपा माओवादी केन्द्रबाट हुन् ।
यसैगरी तत्कालिन एमालेबाट जिल्ला अध्यक्ष इश्वरमणि राउत, नवराज पोखरेल, मणि पौडेल, लक्ष्मी नारायण चौधरी, बेदप्रसाद पोखरेल र राजकुमार राई रहेका छन् ।
यस्तै तत्कालिन माओवादी केन्द्रबाट मोहन बहादुर खत्री, भिम बहादुर अधिकारी, राजन किराती, के.पी. बराल, मणिखुम्बु राई रहेका छन् ।
नेकपाको उदयपुर जिल्ला संयोजकमा इश्वरमणि राउत, मोहन बहादुर खत्री, विनोद कटुवाल (दिवस) भिम बहादुर अधिकारी (अनिल) र राजन किराती दावेदार थिए । तर नेकपाको मंसिर १२ गते बसेको केन्द्रिय सचिवालयको सत्रौ बैठकले विनोद कटुवाल बाहेक अरुलाई प्रदेशको जिम्मेबारी दिइएछ ।

 

तपाईको प्रतिक्रिया