उदयपुर प्रदेश १ (ख) मा हिमाल कार्कीको अग्रता

उदयपुर प्रदेश १ (ख) मा हिमाल कार्कीको अग्रता
उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन १ (ख) को मतगणना सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार हिमाल कार्की ९० मतको अग्रता कायम गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार एक हजार पाँच सय मतगणना गर्दा हिमाल कार्कीले ६३८ मत ल्याएर अग्रता कायम गरेको छ भने उनका प्रतिष्पर्धी नेकपा एमालेबाट इश्वरमणि राउत ५५० मत ल्याएका छन् ।

उदयपुर निर्वाचन अपडेट : डा. नारायण खड्का भन्दा मन्जु चौधरी १० मतले पछाडी

उदयपुर निर्वाचन अपडेट : डा. नारायण खड्का भन्दा मन्जु चौधरी १० मतले पछाडी
उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको मतगणना सता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्काको १० मतको अग्रता रहेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार एक हजार दुई सय मत गणना गर्दा डा. नारायण खड्काले ४७८ मत ल्याएका छन भने प्रतिष्पर्धी नेकपा एमालेकी मन्जु कुमारी चौधरीले ४६८ मत ल्याएर पछ्याई रहेका छिन् ।

उदयपुर निर्वाचन क्षेत्र नं. १ अपडेट : डा. नारायण खड्काको अग्रता कायमै

उदयपुर निर्वाचन क्षेत्र नं. १ अपडेट : डा. नारायण खड्काको अग्रता कायमै
उदयपुर - उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको मतगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार सता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्काको २८ मतको अग्रता रहेको छ । प्रारम्भिकमा ८ सय मत गणना गर्दा डा. नारायण खड्काले ३२९ मत ल्याएका छन भने प्रतिष्पर्धी नेकपा एमालेकी मन्जु कुमारी चौधरीले ३०१ मत ल्याएर पछ्याई रहेकी छिन् । यो तथ्याङ्क दलको एजेन्टबाट पाएको अनुसार हो ।

उदयपुर निर्वाचन क्षेत्र नं. १ मा डा. नारायण खड्काकोअग्रता

उदयपुर निर्वाचन क्षेत्र नं. १ मा डा. नारायण खड्काकोअग्रता
उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको मतगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार सता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्काको १४ मतको अग्रता रहेको छ । प्रारम्भिकमा ६ सय मत गणना गर्दा डा. नारायण खड्काले २३९ मत ल्याएका छन भने प्रतिष्पर्धी नेकपा एमालेकी मन्जु कुमारी चौधरीले २२५ मत ल्याएर पछ्याई रहेकी छिन् । यस्तै छाता ३६, हलो २२, घण्टी २३, साइकल दुई, तिर ए...

उदयपुर निर्वाचन क्षेत्र नं. १ मा मतगणना शुरु

उदयपुर निर्वाचन क्षेत्र नं. १ मा मतगणना शुरु
उदयपुर - उदयपुर निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभातर्फको मतगणना शुरु भएको छ । उदयपुरको त्रियुगा उच्च मावि गाईघाटमा मतणगना शुरु भएको छ । प्रतिनिधि सभा, प्रदेश सभा दुई वटा, समानुपातिक तर्फ प्रतिनिधि र प्रदेश तर्फको छुट्टाछुट्टै गरी पाँच ठाउँमा मतगणना शुरु भएको हो । उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभामा ७६ हजार ७५६ मत खसेको छ । उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा १ (क) मा ३९ हजार ...

उदयपुरको कुन पालिकामा कति मत खस्यो ?

उदयपुरको कुन पालिकामा कति मत खस्यो ?
गाईघाट । उदयपुरमा जम्मा ५३.६ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा जिल्लाभरिबाट ५३ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका प्रमुख खेमराज कोइरालाले जानकारी दिए । उनका अनुसार जम्मा एक लाख २१ हजार ४७९ जनाले मतदान गरेका छन् । जिल्लामा जम्मा २ लाख २८ हजार ९४६ मतदाता रहेका थिए । दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्यको लागि मतदान भएको थियो । जिल्लामा एक सय एक मतदानस्थल र दुई सय ६४ मतदान केन्द्र छन् ...

सोरुङछविसेमा एमालेका वडा कमिटी अध्यक्ष सहित चार जनाद्वारा पार्टी परित्याग

सोरुङछविसेमा एमालेका वडा कमिटी अध्यक्ष सहित चार जनाद्वारा पार्टी परित्याग
कटारी - नेकपा एमाले कटारी नगरपालिका ११ सोरुङछविसेमा वडा कमिटी अध्यक्ष सहित चार दर्जनले पार्टी परित्याग गरेको छ । विहिबार गठबन्धनको कार्यक्रममा एमाले वडा कमिटी अध्यक्ष संजिव बस्नेत सहित चार जनाले पार्टी परित्याग गरेका हुन् । संजिव बस्नेत सहित तीन जना नेकपा माओवादी केन्द्र र एक जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभामा उनीहरु एमाले परित्याग गरेका हुन् । उनीहर...

नारायण बुर्जामगर दोहोरिने तयारीमा, के छन्, नयाँ एजेन्डा ?

नारायण बुर्जामगर दोहोरिने तयारीमा, के छन्, नयाँ एजेन्डा ?
उदयपुर - नारायण बुर्जामगर नामै काफी छ । संघीययता कार्यन्वयको पहिलो निर्वाचनमा स्वन्त्रबाट प्रदेश १ सभा सदस्यमा विजयी भएका मगर दोस्रो कार्यकालको लागि नेकपा (माओवादी) को तर्फबाट प्रतिनिधिसभा २ (क) मै अहिले चुनावी मैदानमा छन् । पहिलो कार्यकालमै उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिका क्षेत्रमा विकास निर्माणका योजनाहरुले मगरले नाम काफी बनाइसक्नु भएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनको लागि उदयपु...

एमालेभित्रकै असन्तुष्टि र सत्ता गठबन्धनको शक्तिले जगनाथ खतिवडा सहजै जित निकाल्ने दाउमा

एमालेभित्रकै असन्तुष्टि र सत्ता गठबन्धनको शक्तिले जगनाथ खतिवडा सहजै जित निकाल्ने दाउमा
उदयपुर - आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा उदयपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडा, नेकपा एमालेका अमर बहादुर रायमाझी, जनता समाजवादी पार्टीबाट सिद्धान्त राईसहित १२ जना चुनावी मैदानमा रहेका छन् । चुनावी मैदानमा माथिका तीनै जनाको चर्चा रहेपनि एमाले भित्रकै असन्तुष्टि र सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका ...

हिमाल कार्की दोहोर्याउने दाउमा, इश्वरमणि रोक्ने पक्षमा

हिमाल कार्की दोहोर्याउने दाउमा, इश्वरमणि रोक्ने पक्षमा
उदयपुर - उदयपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा १(ख) मा १२ जना उम्मेदबार बनेका छन् । उम्मेदबारी दिएका मध्ये सत्ता गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेसका सभापति तथा निवर्तमान प्रदेश सभासद हिमाल कार्की र नेकपा एमालेका निवर्तमान अध्यक्ष इश्वरमणि राउतको चर्चा छ । कार्की र राउत दुवैले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति शुरु गरेका हुन् । कार्कीलाई नेकपा माओवादी केन्द्र र नेकपा...