उदयपुरमा १० प्रतिशत मात्रै रोपाइँ (फोटो फिचर)
सुखिलाल चौधरी, उदयपुर । अहिले उदयपुरका किसानलाई रोपाइँको चटारो हुनु पर्नेमा पानी नपर्दा त्यसै समय व्यतित गरिरहेको छ । मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिइने असार महिनामा पानी नपर्दा उदयपुरमा १० प्रतिशत मात्रै रोपाई भएको छ ।
असाढको तेस्रो सातासम्म उदयपुरमा १० प्रतिशत मात्र धान रोपिएको छ । असाढको पहिलो साता पानी परेपनि दोस्रो र तेस्रो सातामा पानी नपर्दा उदयपुरमा १० प्रतिशत मात्रै रोपाई भएको छ ।...













