विद्युत सर्ट भई आगलागी हुँदा ६० लाख बढीको क्षति
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट आसपासमा विद्युत सर्ट भई आगलागी हुँदा ६० लाख बढीको क्षति भएको छ । त्रियुगा नगरपालिका ११ गाईघाटमा बज्रसिंह बस्नेतको घरमा विद्युत सर्ट भई आगलागी हुँदा ६० लाख बढीको क्षती भएको हो । मंगलबार राती करिब १ बजे विद्युत सर्ट भई एक्कासी दुई तले घरमा आगो लागेको प्रहरीले जनाएको छ । घरको तल्लो तलाको सटर भाडामा लिएर अर्जुन साहले संचालन गर्दे आएको युडी स्टोर्स, किचन घर र सरसामान ...












