उदयपुर । नेपाल बैंब लिमिटेड गाईघाट शाखाले बैंकको ८३ औं वार्षिकोत्सव मनाउँदै एटिएम सेवा संचालनमा ल्याएको छ । शनिबार बैंक कार्यालयमा एक कार्यक्रमकाबीच त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले रिवन काट्दै एटिएम सेवाको उद्घान गरेका हुन् ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बैंकले प्रभावकारी सेवा विस्तार गर्न शुभकामना दिँदै गाईघाटमा अवस्थित १९ वटा बाणिज्य बैंकहरुलाई कृषि क्षेत्रमा लगानी विस्तार गर्न अनुरोध गरेका थिए । मेयर चौधरीले नगरपालिका सवै वडालाई कृषिको पकेट क्षेत्र बनाएर ऋण प्रवाह गर्नु पर्ने बताए । बैंकलाई नगरबासीको समृद्धिसंग जोडेर सहकार्य र समन्वय अगाडि बढाउन मेयर चौधरीले बताए । बैंक र नगरपालिका मिलेर कृषि, उद्योग जस्ता क्षेत्रमा लगानी गरिने त्यसका लागि नगरपालिका जिम्मेवारी बन्न उनले बताए ।
कार्यक्रममा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका प्रमुख रमेश रोका, समाजसेवी रमेश आचार्य, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका उपाध्यक्ष हस्तमाया राई, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, त्रियुगा नगरपालिकाका अधिकृत दिनेश सिवाकोटी लगायतले मन्तब्य राख्दै प्रभावकारी सेवा विस्तार गर्न सफलताको शुभकामना दिएका थिए । उनीहरुलो आ–आफ्नो क्षेत्रबाट समन्वय र सहकार्यको प्रतिबद्धता पनि जनाएका थिए ।
नेपालको पहिलो बैंकको रुपमा इतिहास बोकेको सो बैंकको गाईघाट शाखाले आफ्नो सेवालाई प्रभावकारी रुपमा विस्तार गर्ने उदघोष गर्दै कार्यक्रमको आयोजना गरेको शाखा प्रवन्धक गोविन्द त्रिपाठीले बताए । त्रिपाठीले नेपाल बंंैकले मुनाफा भन्दा ग्राहकको हितलाई बढि ध्यान दिँदै सेवा प्रवाहमा अव कुनै गुनासो आउन नदिने बैंकको रणनीति रहेको बताए । अवका दिनमा ग्राहकहरुकै चाहना र आवश्यकता बमोजिम आपÞmना बैंकिङ सेवा र गतिविधिहरु विस्तार गर्ने उनले बताए ।
नागरिक समाज, समाजसेवी, व्यापारी, ब्यवसायी, ग्राहक तथा सर्बसाधारणहरुको उपस्थिति रहेको कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै एटिएमको सेवा सञ्चालन गरिएको थियो ।
यस्तै वार्षिकोत्सवमा त्रियुगा नमूना माध्यमिक विद्यालयमा अध्यनरत फरक क्षमताका विद्यार्थीहरुलाई कापी, कलम र खाजा वितरण गरेको थियो । विद्यालय परिषरमै गएर बैंकका प्रमुख सहितको टोलीले ३२ जना फरक क्षमताका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया