नेपालमा थप १ जना कोरोना भाइरस संक्रमित फेला

नेपालमा थप १ जना कोरोना भाइरस संक्रमित फेला
काठमाडौं । विदेशबाट आएका थप एकजनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । टेकुमा रहेको प्रयोगशालामा परीक्षणका क्रममा विदेशबाट आएका थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो । ती व्यक्तीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ । टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार भइरहेको जनसस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिष्ट राजेश गुप्ताले जनाकारी द...

मदन भण्डारी आँखा अस्पताल क्वारेन्टाइनको लागि प्रयोग गर्न सकिने

मदन भण्डारी आँखा अस्पताल क्वारेन्टाइनको लागि प्रयोग गर्न सकिने
उदयपुर । नेपाल नेत्र ज्योति संघद्वारा उदयपुरको गाईघाटमा संचालित मदन भण्डारी आँखा अस्पताल क्वारेन्टाइन र आईसोलेसन वार्डको रुपमा प्रयोग गर्न सकिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमलाई न्यूनीकरण गर्न मदन भण्डारी आँखा अस्पताल प्रयोग गर्न १ नं. प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय विराटनगरलाई जानकारी गराईएको छ । नागरिकको स्वास्थ्य सम्बेदनशिलतालाई विशिष्ट किसिमले सम्बोधन गर्न...

अमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु, मृतकको संख्या ७०४

अमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु, मृतकको संख्या ७०४
एजेन्सी । अमेरिकामा नोभेल कोरोना भाइरसका ५२ हजार ९ सय ९७ संक्रमित छन् र अहिलेसम्म ७ सय ४ जनाको मृत्यु भएसकेको सीएनएनले बताएको छ । सीएनएनका अनुसार अमेरिकामा एकैदिन १ सय ६३ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमण देखिएपछिको यो सबैभन्दा धेरै मृत्यु हो । यो संख्या अमेरिकाको ५० राज्यको हो ।

अमेरिकी राष्ट्रपतिले सिफारिस गरेको कोरोनाको औषधि खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

अमेरिकी राष्ट्रपतिले सिफारिस गरेको कोरोनाको औषधि खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट श्रीमानको ज्यानै गएको छ भने श्रीमती गम्भीर बिरामी परेकी छन् । ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको क्लोरोक्वाइन नामक औषधि सेवन गर्दा अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए । बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको र श्रीमतीको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।...

कोरोना भाइरसका कारण मर्नेक्रम रोकिएन, विश्वभर १८ हजार ६ सय १७ को मृत्यु

कोरोना भाइरसका कारण मर्नेक्रम रोकिएन, विश्वभर १८ हजार ६ सय १७ को मृत्यु
एजेन्सी । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण १९२ राष्ट्र प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वभर १८ हजार ६ सय १७ जनाको मृत्यु भएको छ । ४ लाख २० हजार ८ सय २९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ७ हजार ३ सय १४ जना संक्रमित उपचारपछि निको भएका छन् । यता, चीनबाट सन् २०१९ को ड...

उपत्यकाबाहिर पनि कोरोना भाइरस परीक्षण गरिने, कहाँ-कहाँ हुँदैछ तयारी ?

उपत्यकाबाहिर पनि कोरोना भाइरस परीक्षण गरिने, कहाँ-कहाँ हुँदैछ तयारी ?
काठमाडौं ।सरकारले उपत्यकाबाहिर पनि कोरोना भाइरस परीक्षण गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विकास प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगन्जमा यथाशीघ्र परीक्षण सुरु गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा रहेका विश्व स्वास्थ्य संगठनक...

कोरोना संक्रमित युवतीसँगै उदयपुरका दुई युवा नआएको पुष्टी

कोरोना संक्रमित युवतीसँगै उदयपुरका दुई युवा नआएको पुष्टी
उदयपुर । बैदेशिक रोजगारी कतारबाट चैत्र ४ गते फर्केका उदयपुरका दुई युवा कोरोना संक्रमितसँग नआएको पुष्टी भएको छ । बेलका नगरपालिका ३ रातापानीका विनानन्द चौधरी र सोही नगरपालिका ६ बरबोटेका राजकुमार तामाङ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना संक्रमितसँग नआएको पुष्टी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार उक्त दिन कतारबाट काठमाडौंका लागि तीनवटा उडान भएका थिए । तीनवटा जहाजमा ४६४ यात्रु आ...

कोरोना संक्रमित युवतीसँगै आएका अर्का एक जना अस्पताल भर्ना

कोरोना संक्रमित युवतीसँगै आएका अर्का एक जना अस्पताल भर्ना
पोखरा । कोरोना संक्रमित युवतीसँगै आएका एक जना बागलुङ पुगेका छन्। कतार एयरवेजमा आएको थाहा भएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीलाई कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका ढोरपाटन ५ का ती युवालाई नगरपालिकाले नै अस्पताल पुर्‍याएको हो। उनको स्वास्थ्य सामान्य भए पनि नमूना परीक्षणका लागि स्वाव लिन लागिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विन...

ग्रान्डी र अल्का अस्पताललाई स्पष्टीकरण

ग्रान्डी र अल्का अस्पताललाई स्पष्टीकरण
काठमाडौँ — स्वास्थ्य मन्त्रालयले ग्रान्डी इन्टरनेशनल अस्पताल र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको छ । दुवै अस्पताललाई के कति कारणले कोभिड–१९ को बिरामी जाँच्‍न नसिकने सञ्‍चार माध्यममा बताएकाले स्पष्टीकरण दिन भनेको हो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले ग्रान्डी अस्पतालले ‘आफूहरु बिरामी जाँच्‍न नसक्ने कुरा भन्न नखोजेको’,औंल्याउदै स्पष्टिकरणको उत्तर दिए पनि अल्काले भने कुनै प्रत...

चीनमा फेरी नयाँ भाइरस ‘हान्ता’को आतंक

चीनमा फेरी नयाँ भाइरस ‘हान्ता’को आतंक
एजेन्सी । भर्खरै कोरोना भाइरसको संकटबाट पार खोज्दै गरेको चीनमा अर्को नयाँ भाइरसले आतंक मच्चाएको छ । चीनको युन्नान प्रान्तमा एक व्यक्तिको हन्ता भाइरसको कारण मृत्यू भएपछि यसबारे पत्ता लागेको हो । पीडित व्यक्ति कामको लागि बसबाट शाडोङ्ग प्रान्त फर्किरहेका थिए । उनमा हन्ता भाइरस पोजिटिभ देखिएको थियो । उनीसँगै बसमा सवार ३२ जनाको पनि स्वास्थ्य जाँच गरिएको छ । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्समा प्रक...