उदयपुर । आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । आज उदयपुर लगायत देशैभरीका विद्यालयहरुमा विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी सरस्वती पूजा मनाउदै छन् ।
बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन मानेर पठनपठन सुरु गरिन्छ । मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने धार्मिक विश्वास छ । विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आआफ्ना कलासाधनाका उपादानहरु कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्दछन् । सूर्य उत्तरतिर लागि दिन लामा हुनेर बसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई बसन्तपञ्चमी पनि भन्ने गरिन्छ । आजबाट शिशीर ऋतुको समाप्ति र वसन्त ऋृतुको सुरुवात हुने गर्दछ । हिन्दु धर्मालम्वीका साथै बौद्ध धर्मालम्बीहरुले पनि विद्याधका प्रतीक मञ्जुश्रीको पुजा आरधना गर्ने चलन छ ।
ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । एक पटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ र आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो ।
यसै समयदेखि वसन्तराग गाउन थालियो । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।
यस्तै वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा छ ।

तपाईको प्रतिक्रिया