काठमाण्डौ । नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भईसकेको छ । यो भाइरसको संक्रमण चिनमा अध्ययन गरेर फर्केका एक विद्याथीमा देखा परेको छ । उनको उपचार पछि डिस्चार्ज गरिएको छ । तर अरु थप ३ जनालाई पनि यो भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।
उनीहरुबारे केही जानकारी खुलाइएको छैन । एक जना बिरामीलाई भने ग्राण्डी हस्पिटलबाट टेकु अस्पतालमा रेफर गरिएको छ । उनको उपचारका लागि छुट्टै ३ जना विशेषज्ञ डाक्टरको टोली खटिएको छ ।
कोरोना भाइरसको आशंका गरिएका विरामीलाई अस्पतालमा छुट्टै कक्षमा राखेर उपचार थालिएको टेकु अस्पतालले जनाएको छ । 









