उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको नयाँ भवनको सोमबार शिलान्यास गरिएको छ । नौँ करोड ३२ लाख ४६ हजार आठ सय एक रुपैँया ४५ पैसाको लागतमा निर्माण गर्न लागिएको भवनको शिलान्यास प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले गरेका हुन् ।
भवनको शिलान्यास गर्दै अतिरिक्त महानिरीक्षक राईले भवन निर्माणसँगै उदयपुर प्रहरी संगठनले आफ्नोे गुणस्तरियतामा थप बृद्धी गर्ने बताए ।अतिरिक्त महानिरिक्षक राईले भवन सिलान्यास गर्दै देश र जनताको प्रभावकारी सेवामा कुनै कसुर बाँकी नराख्न निर्देशन दिइएको छ ।
भवन निर्माणपछि गुणस्तरीय सेवा प्रदानमा थप मद्दत पुग्ने भएपनि सुविधा सम्पन्न भवन नहुँदाको अवस्थामा पनि नेपाल सरकारले दिएको जिम्मेवारी र सेवामा गुणस्तर कम गर्ने छुट प्रहरीमा नरहेको बताए । भईरहेको सेवामा थप गुणस्तरीयता थप्ने प्रयास गर्न प्रोत्साहित गर्दै उहाँले घटना, अनुसन्धानका चुनौतीलाई सहि विश्लेषणका साथ समाधान गर्नुपर्ने बताए ।
उहाँले भवन निर्माण समयमा र पूर्णगुणस्तरीयरुपमा सम्पन्न गर्न ठेकेदार कम्पनी र प्रत्यक्ष निगरानी र अनुगमनका साथ सहयोग गर्न जिल्ला प्रहरी युनिटलाई निर्देशनसहित अनुरोध गरेका थिए । संयोगवस आफु जिल्लाबासी र प्रहरी प्रधान कार्यालयको तत्कालिन मानव स्रोत तथा प्रशासन प्रमुख भएकाले बजेट तर्जुमाको सुरुदेखि अन्तिमसम्म भूमिका खेल्न पाएको र सिलान्याससमेत आप््mनै हातबाट भएकोले समयमै र गुणस्तरीयरुपमा भवन निर्माण हुँदा व्यक्तिगतरुपमा पनि सन्तुष्ट हुने बताए ।
‘सिरहा, भोजपुर, खोटाङ्ग जिल्लासँग उदयपुरका विशेषता नमिल्न सक्छ, उनले भने, ‘पछिल्लो समय उदयपुरको समस्या लागुऔषध, घरेलु मदिरा, घरेलुहिंसा, महिला तथा बालबालिकामाथि हुने अपराध बढे्को छ । प्रदेश नं. १ का प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अपराध रहित समाज निर्माणका लागि योजना बनाई काम अघि बढाईएको बताए ।
कार्यालय, व्यारेक, हिरासत, स्टोर, इन्र्चाज र सिनियर अफिसर क्वाटर गरी २९ वटा कोठा रहेको तीन तले भवन १८ महिनामा सम्पन्न गर्ने गरी गत पुस ४ गते आषिस÷आर्शिवाद जेवि उदयपुरले जिम्मा लिएको उदयपुर प्रहरी प्रमुख एसपी विरबहादुर बुढामगरले जानकारी दिए ।
कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी, संघीय प्रहरी इकाई धरानका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक शौरभ राणा, १ नं. प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक पुरुषोत्तम कडेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का लगायतको विशेष उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया