उदयपुर । २२ औं भुकम्प सुरक्षा दिवसको अवसरमा त्रियुगा नगरपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ उदयपुर शाखाले आयोजना गरेको भुकम्प सुरक्षा सम्बन्धी विशेष मिडिया सम्वाद कार्यक्रममा वक्ताहरुले भुकम्पले मानिस मर्दैन, कमजोर संरचनाले मानिसको मृत्यु हुने गरेको बताएका छन् ।
“भुकम्पबाट सुरक्षित पूर्वधार दिगो सुख र समृद्धिको आधार” भन्ने नारा सहित भुकम्पको क्षती बारे नागरिकहरुलाई बुझाउँदै मिडिया सम्वाद कार्यक्रमको आयोजना गरिएको हो । मिडिया सम्वाद कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी धु्रव बहादुर खड्का, त्रियुगा नगरपालिकाका इन्जिनियर गोपाल राय र गैरसरकारी महासंघ १ नं. प्रदेशका कोषाध्यक्ष दुर्गानन्द चौधरीसँगको कुराकानीमा मानिसले नै निर्माण गरेको कमजोर संरचनाले मानिसलाई नै किचिरहेको बताएका थिए । भूकम्पको जोखिम बढी भएका ठाउँमा भूकम्प गइरहेको अभिलेखीकरण भएको पाइन्छ । विभिन्न ठाउँमा ५० औँ, सयौँ र हजारौं वर्षदेखि शक्ति केन्द्रित भएर रहेको हुन्छ र जुनसुकै समयमा पनि ठूलो भूकम्प जाने गरेका छन् । ठूला भूकम्प यति बेला नै जान्छन् भन्ने वैज्ञानिक तथ्यांक छैन ।

भुकम्प आए आफु कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने ? भुकम्प सुरक्षा सम्बन्धी मिडिया सम्बाद

भुकम्प आए आफु कसरी बच्ने ? र अरुलाई पनि कसरी बचाउने ? त्रियुगा नगरपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ उदयपुरको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समिति उदयपुरका संयोजक तथा प्रमुख जिल्ला अधिकारी धु्रव बहादुर खड्का, त्रियुगा नगरपालिकाका इन्जिनियर गोपाल राय र विपद् व्यवस्थापनका सामाजिक अभियान्ता दुर्गानन्द चौधरीसँगको भुकम्प सुरक्षा सम्बन्धी विषेश मिडिया सम्बाद । भुकम्प आएको समयमा जोखिम न्यूनीकरण गर्न आफुमात्रै होइन अरुलाई पनि यो सन्देश सक्दो प्रवाह गरौं ।

Gepostet von Nagarik Bahas नागरिक बहस am Donnerstag, 16. Januar 2020

प्रमुख जिल्ला अधिकारी खड्काले भुकम्प सेकेण्डमा सकिएपनि कमजोर संरचनाले जनधनको क्षति हुने गरेको बताए । उनका अनुसार भुकम्प आएको बेला कोही पनि आत्तिन नहुने बताए । भुकम्प आएको बेला समयम्ता अपनाए र मजबुत संरचना निर्माण गरेमा भुकम्पले असर नपर्ने बताए । भुउपयोग नीति तयार गर्नु पर्ने, भवन संहिता ऐन प्रत्येक पालिकाले पालना गर्नु पर्ने बताए । भूकम्पको जोखिम बढी भएका ठाउँमा भूकम्प गइरहेको अभिलेखीकरण भएको पाइन्छ । विभिन्न ठाउँमा ५० औँ, सयौँ र हजारौं वर्षदेखि शक्ति केन्द्रित भएर रहेको हुन्छ र जुनसुकै समयमा पनि ठूलो भूकम्प जाने गरेका छन् । ठूला भूकम्प यति बेला नै जान्छन् भन्ने वैज्ञानिक तथ्यांक छैन ।
त्रियुगा नगरपालिकाका इन्जिनियर रायाले भुकम्पले कमजोर संरचना, सजिलैसँग भत्किने संरचनाले मानिसको मृत्यु हुने गरेको बताए । उनका अनुसार भुकम्प प्राकृतिक विपत्ति भएकोले यसले केही समयमा नै कमजोर संरचनाहरु तहस नहस हुने गरेको बताए । ईन्जिनियर रायाले भने, “घर बनाउँदा गर्दा भौतिक प्रतिरोधात्मक तरिकाले निर्माण गर्नु पर्ने, कुन ठाउँमा कुन रड राख्ने, कस्तो मापदण्डको सिमेन्ट प्रयोग गर्ने नक्सा बनाएर घर बनाउँदा बलियो हुन्छ ।” उनले जनचेतनाको कारणले मानिसहरु कमजोर निर्माण गरिरहेको बताए । जनप्रतिनिधिहरुलाई पनि ऐन, नियमको बारेमा बुझ्नै नसकेको अवस्थामा घर निर्माण जथाभावी गरिरहेको बताए । भूकम्पबाट हुने क्षतिको कुरा गर्दा मानव बसोबास भएको क्षेत्रमा बढी क्षति हुन्छ र नभएको ठाउँमा कम हुने गर्छ । मानवीय संरचना र मानवको बस्ती जहाँ बढी हुन्छ, त्यहाँ बढी क्षति हुने जानकारी इन्जिनियर रायले बताए ।
संरचना नयाँ बनाउने तर टेक्नोलोजी पुरानै लगाउने कारणले जोखिम कायमै रहेको कोषाध्यक्ष चौधरीले बताए । उनका अनुसार सवै स्थानीय तहरुले पूर्वतयारी ऐन तथा नियमहरु नबनाउँदा जोखिम कायमै रहेको बताए । उनले विगतहरुको भुकम्प बारे सरकार विश्लेसन नगर्दा जोखिम कायमै रहेको बताए । उनले कस्को भूमिका के रहने भन्ने विषयमा स्पष्ट नहुँदा जोखिम कायमै रहेको बताए । सरकारले विपद् व्यवस्थापन सम्बन्धी पूर्वतयारी बारे जानकारी दिन नसक्नु सरकारको कमजोरी भएको कोषाध्यक्ष चौधरीले बताए ।यस्तै विहिबार गाईघाटमा प्रभातफेरी ¥याली २२ औँ भुकम्प सुरक्षा दिवस मनाइएको छ । प्रभातफेरी बजार परिक्रमा सँगै पिपलचोकमा कोणसभा गरी समापन गरिएको थियो ।
“भुकम्पबाट सुरक्षित पूर्वधार दिगो सुख र समृद्धिको आधार” भन्ने नारा सहित भुकम्पको क्षती बारे नागरिकहरुलाई बुझाउँदै कुनै पनि बेला आउने भुकम्पबाट सुरक्षित हुन कार्यक्रमको आग्रह गरेको छ ।
कोणसभामा उपस्थितिहरुले भुकम्पले मान्छे नमार्ने तर हामीले बनाएको कमजोर संरचनाले मान्छे मार्ने कोणसभालाई सम्बोधन गर्ने अधिकांशहरुले बताए । हामीले आफ्नो घर अन्य संरचनाहरु भुकम्पप्रतिरोधात्मक बनाउने हो भने जन धन बाट बच्न सकिने कुरा बताए । जिल्ला विपद् व्यवस्थापन उदयपुरको आयोजना, नेपाल रेडक्रस सोसाईटी प्रदेश नं १ र त्रियुगा नगरपालिकाकाको समन्वय सहयोगमा दिवस सम्पन्न गरिएको छ । दिवसमा सुरक्षा निकाय, संघसंस्था, पत्रकार, नागरिक, कर्मचारी, लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया