उदयपुर । थारुहरुको मुख्य पर्व माघी महोत्सवमा त्रियुगा नगरपालिका १२ स्थित विसनपुरमा थारु संग्राहलय बन्ने भएको छ । थारु संग्राहलयको बुधबार प्रमुख अतिथि थारु कल्याणकारिणी सभाको संरक्षक तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रदेश सांसद त्रय विमल कार्की, सुनिता चौधरी, सन्झा दनुवार, जिल्ला समन्वय समितिका सहसंयोजक गंगा राई, उपमेयर देवी कुमारी चौधरी तथा वडाध्यक्षहरुले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
प्रमुख अतिथि बलदेव चौधरीले विषनपुरमा थारु कला संस्कृतिको पहिचानको लागि थारु संग्रालय बनाउन लागेको बताए । उनले प्रत्येक वडालाई आफ्नै पहिचान सहितको पर्यटक भित्र्याउने खालको कार्यक्रम गरिने बताए । उनले सालघारीलाई चिल्ड्रेन पार्क, सिधालीलाई खानीको हव बनाउने, चप्पनलाई पिकनिक पार्क बनाउने लगायतको कार्य गर्ने मेयर चौधरीले बताए ।
यस्तै प्रदेश सांसद विमल कार्कीले थारु संग्रालय निर्माणको लागि आफुले पहल गर्ने बताए । यस्तै कार्यक्रममा प्रदेश सांसद सुनिता चौधरी, जिल्ला समन्वय समितिका सहसंयोजक गंगा राई, उपमेयर देवी कुमारी चौधरी, आदिवासी जनजाति महासंघ उदयपुरका अध्यक्ष गौरीशंकर उदास लगायतले बोलेका थिए ।
करिव १५ कट्ठा जग्गामा बन्न लागेको संग्राहलयमा थारु कला, संस्कृति, भेषभाषा तथा एतिहासिक तथा पौराणिक बस्तुहरुको संग्रह गरिने थारु कल्याणकारिणी सभाका सभापति शिवकान्त चौधरीले बताए ।
तस्विरहरु

 

तपाईको प्रतिक्रिया