उदयपुर । चौदण्डीगढी नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागतसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता उदयपुरका खेलाडीहरुलाई सम्मान गरेको छ । अंग्रेजी नयाँ वर्ष (जनवरी १) लाई स्वागत गर्दै कार्यक्रमको संघीय सांसद प्रमिला राईले उद्घाटन गर्नु भएको हो ।
नेपाल भ्रमण वर्ष २०२० को विहान ७ बजे नगरपालिकाको प्राङ्गणबाट (राईड टु चौदण्डीगढी साईक्लिङ) संगै विभिन्न जातजातिको झाँकी सहित निस्केको ¥यालीले बेल्टार बजार परिक्रमा गरी कार्यक्रम स्थल ३ सय वर्ष पुरानो पुरातात्विक तथा ऐतिहासिक चौदण्डीगढी दरबार तर्पm प्रस्थान गरेको थियो ।
चौदण्डीगढी दरबारमा भव्य कार्यक्रमको विच सागमा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा चौदण्डीगढी नगरपालिका ७ की बविता श्रेष्ठ, रन्जना राई र बन्दना राई, वडा नं. ६ की निशा राई र कविता राई रहेका छन् । उनीहरुले साफ गेममा महिला तर्फको हेण्डबल प्रतियोगितामा रजत पदक विजेता हुन् ।
यस्तै भारतोलन तर्फको खेलमा कास्य पदक विजेताहरु चौदण्डीगढी नगरपालिका ४ की संगीता राई र महिला फुटबल तर्फको खेलमा रजत पदक विजेता बेलका नगरपालिका ४ की दिपा राईको साथै सागमा भारतोलन तर्फको स्वर्ण पदक विजेता कटारी नगरपालिकाकी अनुपमा मगर र बेलका नगरपालिकाकी संगिता मगरलाई सम्मान सम्मान गरेको थिथो । सम्मानित हुनेहरुलाई जनही स्वर्ण पदक विजेतालाई ४० हजार, रजत पदक विजेतालाई ३० हजार र कास्य पदक विजेतालाई २० हजारको चेक र सम्मान पत्रले सम्मान गरेको थियो ।
यस्तै जिल्ला हेण्डबल उदयपुरका प्रशिक्षक पर्वत गुरुङ, सहायक प्रशिक्षकद्वय विन्दा कुमारी थापा र पार्वती राईलाई पनि सम्मान पत्रले सम्मान गरेको थियो । खेलाडी तथा प्रशिक्षक, सहायक प्रशिक्षकहरुलाई प्रमुख अतिथि संघिय सांसद प्रमिला राई, प्रदेश सांसदहरु विमल कार्की, अम्विका थापा, सञ्जा दनुवार, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का लगायतको हातबाट सम्मान पत्र र चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद प्रमिला राईले भनिन्, “जिल्लामै पहिलो पटक नेपाल सरकारको योजना कार्यन्वयन गरेकोमा खुसि लागेको छ, यो नगरपालिकाले ऐतिहासिक कार्यक्रमले समग्रह ऐतिहासिक चौदण्डीगढी दरबार र यस क्षेत्रलाई विश्व सामु चिनाउन साथै पर्यटन प्रवद्र्धनमा पूर्ण सहयोग गर्ने छु ।” कार्यक्रममा प्रमुख आतिथ्यको सम्मान गरेकोेमा स्थानीय र आयोजकलाई धन्यवाद समेत दिदै भ्रमण वर्षको शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रदेश सांसदहरु विमल कार्की, अम्विका थापा, सञ्जा दनुवार, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, पत्रकार सेनानी कौशल चेम्जोङ, बेल्टार बसाहा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष शम्भू पौडेल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भोजराज खतिवडा, समाजवादी पार्टीका अध्यक्ष गोपाल राई, लगायतले ऐतिहासिक कामको शुरुवात भएको भन्दै शुभकामना व्वक्त गर्नु भयो । त्यसैगरी नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्षकोरुपमा घोषणा गनुको उदेश्य भनेको २० लाख पर्यटक भित्राएर नेपाली नागरिकलाई रोजगारी र समृद्ध नेपाल बनाउने प्रमुख लक्ष्यलाई साकार पार्न र ऐतिहासिक नगरीलाई राष्ट्र र अन्तराष्ट्र सम्म परिचित तथा चिनाउनको निम्ति आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख खगेन्द्र राईले बताउनु भयो । कार्यक्रमा (राईड टु चौदण्डीगढी) का साईक्लिङका ३ जना युवाहरुले साईकल स्टन र राष्ट्रिय सेवा दल (एनसिसि)ले विभिन्न राष्ट्रभावका परेड प्रदर्शन गरेका थिए ।
कार्यक्रमको वीच÷बीचमा किरात राईको साकेला, तामाङ सेलो, मगरको हुरर्रे नृत्य, नेवार समुदायको लाखे, थारु जातिको परम्परा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।नगर प्रशासकिय अधिकृत शिवप्रशाद हुमेगाईको पाहुनालाई स्वागत मन्तव्य रहेको कार्यक्रममा उपप्रमुख रिताकुमारी चौधरीले कार्यक्रमलाई सफल बनाउन सबै पक्ष लागि परेकोमा व्यवस्थापक लगायत विभागिय समितिलाई धन्यवाद दिनुभएको थियोे । कार्यक्रम स्थलमा त्यहाँका स्थानीयले उत्पादन गरेका खानाका परिकारहरु कोदोको ढिडो, मकैको च्याख्ला, सिस्नुको तरकारी, साधेको गुन्द्रुक, स्कुसको तरकारी लगायतको व्यवस्था गरी आगन्तुकहरुलाई ग्रहण गराईएको थियो । नगरपालिकाको आयोजना र १ नं. वडको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको थियो । विभिन्न क्षेत्रका नागरिकहरुको हजारौको संख्यामा उल्लेखनिय उपस्थिति रहेको थियोे । कार्यक्रम नगर स्वास्थ्य शाखाका प्रमुख तेजबहादुर पोखरेलको संचालनमा नगरप्रमुखको सभापतित्वमा समापन भएको थियो ।
































