उदयपुर । सरकारी मापदण्ड विपरित जथाभावी चुनढुंगा उत्खन्न गरिदाँ चौदण्डीगढी नगरपािलका ८ टोडकेमा सिंगो गाउँ नै उच्च जोखिममा परेको छ । के के लाइम इण्डष्ट्रिजले बेसारा क्षेत्रबाट दुई बर्षयता तलबाट उत्खन्न गरि चुनढुगा निकाल्दाँ पहाडको टुप्पोमा रहेको टोडके गाउँका २२ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
वेसारा क्षेत्रबाट उत्खन्न गरेको ढुंगाबाट त्रियुगा नगरपालिका –७ मोहनपुरमा रहेको उद्योगमा लगेर कृषि चुन, रगंरोगन गर्ने चुन, पशुका लागि दानमा आश्यक पर्ने कच्चापर्दाथ लगायतका वस्तु उत्पादन गर्दै आएको छ ।
इण्डष्ट्रिजले आफैले वन तथा वातावरण मन्त्रालय वन तथा भूसरक्षण विभागसंग गरेको सम्झौता समेत उल्लघन गर्दै खानी उत्खन्न गरिरहेको छ । चुनढुगा उत्खन्न कार्यको अनुमति पत्र जारी गरेको ०७५ साल बैशाख २६ गते उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय खानी तथा भूगर्व विभागले २२ वटा र्शत राखेको छ । विभागको शर्त स्विकार गर्दै इण्डष्ट्रिजका संचालक केशवकुमार बुढाथोकीले हस्ताक्षर समेत गरेका छन । शर्त न २ मा ‘दैनिक १ सय २० टनमा सिमित रहि पहाडको माथीबाट तल तर्फ उत्खन्न गर्दै जानु पर्ने , सो भन्दा बढि उत्खन्न गर्नु परे विभागबाट स्वीकृत लिनुपर्ने ’ उल्लेख गरिएको छ । तर इण्डष्ट्रिजले चुनढुंगा उत्खन्न गर्दा त्यसको ठिक उल्टो तल (सुनकोसी तर्फबाट)बाट माथी तर्फ एक वर्ष पहिले उत्खन गरेका कारण गाउँ पहिरोको जोखिमा रहेको स्थानीयहरुले वताए ।
मापदण्ड विपरित चुनढुंगा खानी उत्खन्न गरिदाँ गाउँ नै उच्च जोखिममा
चौदण्डीगढी नपा ८ टोडकेको बेसारामा मापदण्ड विपरित चुनढुंगा खानी उत्खन्न गरिदाँ गाउँ नै उच्च जोखिममा
Gepostet von Nagarik Bahas नागरिक बहस am Donnerstag, 26. Dezember 2019
इण्डष्ट्रिजले चुन ढुगा उत्खन्नका लागि वेसारा क्षेत्रमा ४ दशमलव ९३ हेक्टर वन क्षेत्र भोगाधिकारमा लिएको छ । त्यस मध्ये सून्य दशमलव ५ हेक्टर क्षेत्र स्थानीयले आवादी गरिरहेको क्षेत्र हो । विभागसँगको सम्झौतामा,‘वनस्पति विकासमा अवरोध पु¥याउने, जीवजन्तुको वासस्थानमा हानी नोक्सानी पु¥याउने, प्रकृतिक वा भौतीक स्वारुप विगार्ने वा सिमसार क्षेत्रको पर्यावरणीय स्थिती प्रतिकुल असर पु¥याउने’ कार्य नगर्ने भिनएको छ । खानी उत्खन्न गरिदाँ यी कुनैपनि शर्त सम्झौता इण्डष्ट्रिजले नगरेका कारण पर्यावरणीय असर पुगेको स्थानीय टोडके टोल विकास सस्थाका अध्यक्ष भविन्द्र राईले वताए । ‘स्थानीयले वेवास्ता गर्दै जबरजस्ती चुनढुगा खानी उत्खन्न गर्दा टोडके लगायत गाउँमा असर पुगेको छ’ भविन्द्रले भने,‘गाँउको तलबाट उत्खन गरिदाँ धुवा धुलोले गाँउ ढाकिन्छ, व्रेकर लगायत पहाडै हल्लाउने गरि ढुंगा निकाल्दा गाँउ पुरे चिराचिरा परेको छ ।’ साघुरो सडकमा जवरजस्ती टिपर चलाउदाँ सर्वसाधरणमा एक किसिमको आतङ्क सृजना भएको उनले वताए ।
इण्डष्ट्रिजलाई खानी तथा भूगर्भ विभागले २०७५ साल बैशाख २६ गते वेसारा क्षेत्रमा खानी उत्खन्नका लागि अनुमति दिएको हो । २०७५ जेठ १४ गते घरेलु तथा साना उद्योगमा दर्ता भएको इण्डष्ट्रिज राष्ट्रिय योजना आयोगले २०७५ साउन २२ गते राष्ट्रिय प्राथामीकता प्राप्त उद्योगको रुपमा मान्यता दिएको छ । खानी तथा भूगर्भ विभागले भोगाधिकार दिइएको राष्ट्रिय प्राथामीकता प्राप्त उद्योगको रुपमा मान्यता पाएपनि इण्डष्ट्रिजले खानी उत्खन्न गर्दा भने मापदण्ड पुरा गरेको छैन ।
त्यसैगरि सुनकोसी नदिको केहिमाथी उत्खन्न कार्य हुने भएकोले सो खोला र सोलोपमा समेत केहि स्थानमा चेक डायम निर्माण हुनु पर्ने सर्त उल्लेख छ । तर स्थलगत रुपमा केहिपनि नगरेको सर्वसाधरणले गुनासो गरेको छन । उत्खन सुरु गरेदेखि नै इण्डष्ट्रिजले शर्त उल्लघन गरेका करण समस्या भएको स्थानीय सोमबहादुर राईले वताए ।
‘खानी तथा भूर्गव विभागले राखेको सर्त अनुसार पहाडको माथीबाट तल तर्फ उत्खन गर्नु पर्ने हो’ सोमबहादुरले भने, ‘तर इण्डष्ट्रिजले तलबाट उत्खन गरेका कारण गत बर्षातको समयमा खानी भनिएको क्षेत्र मै पहिरो गयो ।’ त्यो पहिरो क्रमस माथी तर्फ बढि रहेकोले टोडके गाँउ जोखिमा परेको उनले वताए ।
खानी उत्खन गर्दा विहानदेखि मध्य रातसम्मै गरिदाँ जंगली जीवजन्तुलाई समेत असर गरेको छ । त्यस क्षेत्रमा पाइने कालिज, मयुर, हरिण, चित्ततल, घोरल लगायतका जगली जनवार विस्थापीत भएको स्थानीयले वताए । खानी उत्खन्न गरेको क्षेत्र निजकैबाट सुनकोसी नदि बगेको छ स्थानीय तिलकबहादुर राईले वताए । ‘खानी उत्खन्न गरिदाँ प्रयोग गरिने ब्रेकरको आवजले जंगली जनवारले वासस्थान छाडिसेका छन’ तिलकबहादुरले भने,‘ खानीबाट निस्कने माटोको लेदो सुनकोसीमा सिसिन्छ, धुलो धुवा टोडके गाउँ ढाक्छ ।’ तर त्यसको व्यावस्थापन नहुदाँ नदि र गाउँ दुवै पर्यावरणीय दृष्टिकोणले जोखिमा परेको उनले वताए ।
वन विभागको सम्झौतामा विभागको पूर्व स्वीकृत नलिई वन क्षेत्र भित्र पर्ने नदि नाला, खोलाको स्रोत थुन्न छेक्न वा फर्काउन नपाइने उल्लेख छ । तर त्यस क्षेत्रमा रहको स–साना खोला खोल्सीको पानी स्रोत लेदो माटो र काम नलाग्ने ढुंगा फालेर थुनिदाँ गाईवस्तु, बाख्रा वस्तुलाई पिउने पानीको समस्या भएको स्थानीय वताउँछन ।
त्यस क्षेत्रमा अदुवा, वेसार, वोडि, कोदो र दाल खेती गर्ने र बाख्रा पालन गर्ने किसानको बसोबास रहेको छ । खानी रहेको वेसारा क्षेत्र आसपासका सर्वसारधणको मुख्य आम्दानीको स्रोत भनेको बाख्रा पालन नै हो । तर बाखा चराउने वन क्षेत्र नै खानीका करण मासिदै गएको र भएकोपनि धुलो धुवाले छोपीदाँ व्यावसाय नै सकटमा पर्दै गएको स्थानीय वताउँछन । ‘अहिले खानीको सिधैमाथी रहेको टोडके गाउँ प्रभावीत भएको छ’ स्थानीय कविन्द्र राईले भने, ‘क्रमस टोडके, सिद्धिपुर, अप्रहा, ढोडने प्रभावीत हुने र यस क्षेत्रका किसानले बाखा पालन व्यावसया संकटमा पर्ने छ ।’ यस क्षेत्रको एउटा किसानले बाखा पालनसंगै अदुवा, वेसा, वोडि बिक्रि गरेर बर्षीक न्यूतम ४देखि ६ लाख रुपैयासम्म आम्दानी गर्ने गरेको उनले वताए ।
तर खानी उत्खन्नका नामा के के इण्डष्ट्रिजले जथाभावी गर्दा सर्वसाधरण समस्यामा छन । स्थानीय भौगोलीक, सामाजीक, संस्कृतक र आर्थीक अवस्थालाई व्यावस्थापन गर्दै खानी उत्खन गर्ने पर्नेमा त्यसो नगरिएको स्थानीय राजनीतिज्ञ गडुरमान विकले वताए । ‘स्थानीयको समस्यालाई सम्वोधन नगरि जथाभावी गरिदाँ अहिले टोडके गाउँका सर्वसारधण चिन्तीत छन’ उनले भने, ‘तलबाट खानीले पहिरोको जोखिममा पारेका छ, गाउँ घरमा उत्पादन हुने अन्नवाली र बाखापालन असर पुगेको छ ।’ ती सवैलाई व्यव्सथापन गर्ने तर्फ सम्वन्धित कसैले वास्ता नगर्दा समस्या भएको उनले वताए ।
जबरजस्ती खानी उत्खन्न गर्दा असर पुगेको चौदण्डीगढी नगरपालिका – ८ वडाध्यक्ष श्यामकुमार मगरले वताए । ‘गाउँको तलबाट चुनढुगा निकाल्दा माथील्लो क्षेत्रमा असर पुगेको छ ’ उनले भने, ‘५ मिटर गहिरो बनाएर आवादी भएको क्षेत्रफल सून्य दशमलव ५ हेक्टरबाटमात्रै चुनढुगा निकाल्ने भनिएको थियो ।’ तर खानी उत्खन्न गर्ने कम्पनीले वडा र स्थानीयसंगको सहमति विपरित ढुगा निकाल्दा समस्या भएको उनले वताए ।
गत बर्ष गरिएको सहमति विपरित भएको यस बर्ष जवरजस्ती नर्गन भनिएको वडाध्यक्ष मगले वताए । तर अहिलेपनि खानी क्षेत्रमा जबरजस्ती स्कारईभेट पुर्याएको उनले वताए । स्थानीयलाई समस्या भएकोले वडामा भएको टोल विकास सस्थाको रायपछिमात्रै खानीको बिषयमा निर्णय गरिने वडाध्यक्ष मगर वताउँछन ।









