उदयपुर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि त्रियुगा नगरपालिकाले पर्यटन क्षेत्र विकास कार्यक्रम अन्तर्गत बगाहा सालघारी क्षेत्रमा आईल्याण्ड सहितको रमणीय हरित पार्क निर्माण गरेको छ । सगरमाथा लोकमार्गको कदमाहा गाईघाट सडकसँगै जोडिएको सो क्षेत्रलाई आईल्याण सहित रमणीय हरित पार्क धमाधम निर्माण भईरहेको छ । हरित पार्क निर्माण भएसँगै आन्तरिक र बाहिय पर्यटकहरुको उल्लेख्य रुपमा सहभागिता हुने र यसबाट स्थानीय बासिन्दालाई आर्थिक र सामाजिक रुपमा फाइदा हुने त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरी बताउँछन् । करिब आठ बिगाहा क्षेत्रफलमा फैलिएको हरित पार्क भित्र कलाकार बिक्रमश्रीको डिजाईनमा निर्माण गरिने साङ्गीतिक कार्यक्रम स्थल, बनभोज कार्यक्रम स्थल, धार्मिक तथा पौराणीक महत्वका बिभिन्न बस्तुहरुको आकृति, स्वीमिङ् पोखरी, आवास, विश्राम गृह सहितको बनाउन लागिएको निर्माण समितिका अध्यक्ष लोकबहादुर कटुवालले जानकारी दिए । पर्या पर्यटनको विकासका साथै पारिवारीक वातावरणमा गरिने रमाईलो उत्सब आदिका लागि आवश्यक सबै प्रकारको सुविधा सम्पन्न पार्क निर्माणका लागि विशेष योजना निर्माण गरी आवश्यक भौतिक संरचनाहरु बनाउने क्रम अहिले जारी रहेको कटुवालले बताए ।
माटेखाडी सालघारी हरित पार्क निर्माणका लागि गत आर्थिक वर्षमा नै त्रियुगा नगरपालिकाले ४२ लाख ४९ हजार रुपैया र स्थानीय उपभोक्ता समितिका तर्फबाट सात लाख ५० हजार नगद गरि कूल ४९ लाख ९९ हजारको लागतमा चारै तर्फ पक्की पर्खाल बनाइएको कटुवालले बताए ।
यसैगरी हरित पार्कको मुख्य आकर्षणका रुपमा रहेका आईल्याण्ड सहितका दुई वटा पोखरी बनाइएको र यसमा विभिन्न प्रजातीका हाँस र पानीमा आहारा खोज्ने अन्य चराहरु लगायत यस पार्क भित्र हाल ३२ प्रजातीका चराहरु हेर्न सकिने भएकोले चराहरुको अध्ययन अनुसन्धान गर्नेहरुका लागि पनि बगाहाको यो हरित पार्क अत्यन्त महत्वपूर्ण रहेको अध्यक्ष कटुवालको भनाई रहेको छ । यसका साथै हरित पार्कका लागि आवश्यक पर्ने बिभिन्न जातका सदाबहार बनस्पतिका बोटबिरुवा तथा धेरै प्रकारका रङ्गििबिङ्गी सुगन्धित पूmलहरुको बगैचा समेत निर्माण गरिने र बालबालिकाहरुका लागि छुट्टै अर्काै चिल्ड्रेन पार्कको पनि निर्माण गर्ने योजना रहेको र त्रियुगा नगरपालिकाले पार्कका लागि यो वर्ष १० लाख बजेट बिनियोजन गरेको उनले बताए । सदरमुकाम गाईघाटबाट चार किलोमिटरको दुरीमा रहेको यस पार्कमा घुर्म आउनेको संख्या दिनानु दिन बढ्दै गएको त्रियुगा नगरपालिका– ४ का वडा अध्यक्ष सुबास निरौलाले बताए । पार्क निर्माणका लागि त्रियुगा नगरपालिकाले बिगत १० वर्ष देखि लगानी गर्दै आएको छ । सो हरीत पार्कलाई ब्यवस्थित र आर्कषण बनाउन नगरपालिका लागि परेको त्रियुगा नगरपालिकाका नगर प्रमुख चौधरीको भनाई रहेको छ । उनका अनुसार त्यहाँ हरित पार्क र चिल्डेन पार्क बनाउने काम भई रहेको औल्याए ।

तपाईको प्रतिक्रिया