खोटाङ । खोटाङको दक्षिणि भेगमा पर्ने जन्तेढुंगा गाउँपालिकाको १ नंं.वडा देविस्थानमा प्रहरी चौकीको नयाँ कार्यालय भवन आईतबार उद्घाटन भएको छ ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको १ करोड ७८ लाख १५ हजारमा निर्मित साढे दुई तले पक्कि भवनको प्रहरी नायव महानिरिक्षक तथा १ नं. प्रदेशका प्रहरी प्रमुख ठाकुरप्रशाद ज्ञवलीले उद्घाटन गर्नु भएको हो ।भवनको उद्घाटन गर्दै प्रमुख ज्ञवलीले भन्नु भयो, “जसरी भवन बनाउन एक भएर सफल हुनु भएको छ त्यसैगरी शान्ति सुरक्षा कायम गर्नको लागि पनि स्थनीयवासीको उत्तिकै दायित्व हो प्रहरी र यहाँका स्थानीय मिलेर अपराध घटाउन नसके यो यति राम्रो भवनको औचित्य नै रहन्न त्यसैले घटना घटनानै हो त्यो सानो या ठूलो होस् प्रहरीलाई सूचना दिन कसैले नहिच्किचाउनु आग्रह गर्दछु ।”
सामुदायिक प्रहरी कार्यक्रमद्धारा समाजमा हुने विभिन्न किसिमका अवाञ्छनिय क्रयाकलापहरुलाई रोक्नको निम्ति गाउँ टोल वस्तिहरुमा विभिन्न जनचेतना कार्यक्रमहरु गर्दै आएको प्रहरी प्रमुख ज्ञवलीले प्रष्ट पार्नु भयो । यस्तो दुर्गम ठाउँमा पनि आफुलाई यहाँसम्म आउने अवसर जुटाएकोमा स्थानीयवासीलाई धन्यावाद दिदै शुभकामना समेत व्यक्त गर्नु भयो । कार्यक्रममा जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले युगौ देखिको स्थानीयवासीको चाहना र ईच्छा पुरा भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा शान्ति सुरक्षामा पालिकाले गर्नु पर्ने सहयोगहरु गर्न तयार रहेको भन्दै स्थानीयलाई आस्वास्थ दिनु भएको छ । निर्माणको जिम्मा भने भानुमति अनुजा निर्माण जेभीले लिएको थियो भने स्थानीयको ३ रोपनी जग्गा स्थानीयवासीले नै चन्दा, सहयोग रकम संकलन गरी २ लाख रुपैयामा खरिद प्रहरी चौकीको निर्माण भएको हो । त्यसैगरी कार्यक्रमा निमित्त प्रमुख जिल्ला अधिकारी श्याम राई, पालिकाकी उप प्रमुख विमला राई, लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । ०६४ सालमा स्थापना भएको चौकी पुरानो गाविसको कच्चि भवनमा वस्दै आएका थिए । कार्यक्रममा जन्तेढुंगा गापाकी उप प्रमुख विमला राई, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक वामदेव गौतम, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक वीरबहादुर बढा लगायत सबै सरोकारवालाहरुको उपस्थिति रहेको थियो । १ नं. वडा अध्यक्ष केदारमान राईको स्वागत मन्तव्य रहेको थियो भने प्रनाउ गौतमको अध्यक्षतामा समारोह समापन भएको थियो ।

तपाईको प्रतिक्रिया