- देबराज पुमा राई

उदयपुर । किराँत राई चाम्लिङ अन्तर्गत ‘दिखलीपाछा’को वंशावली सार्वजनिक हुने भएको छ । आफ्ना पूर्खाहरुको इतिहास नालीबेली र बंशको बारेमा पछिल्लो पुस्तालाई जानकारी ताजा बनाउन बंशावली पुस्तक तयार पारी बिमोचन गर्न लागिएको हो ।
‘दिखलीपाछा बंशावली पुस्तक बिमोचन तथा ऐतिहासिक पुनरमिलन कार्यक्रम उदयपुर, सुनसरी, खोटाङ, काठमाडौं र पाँचथरलगायतका बिभिन्न ठाउँमा आयोजना गरिने सचिव चुडामण्ी राईले जानकारी दिए । जसअन्तर्गत उदयपुर सदरमुकाम गाईघाटस्थित साकेलाथान (साकेला भवन) देखि मंसिर १४ गते बिहान ११ः०० बजे बिमोचन हुनेछ ।त्यस्तै खोटाङको तावाभन्ज्याङमा मंसिर १९ गते, उदयपुरको बलत्मतास्थित यलम्बर पार्कमा मंसिर १६ गते, सुनसरीको इटहरीस्थित तायारिप्ची किराया भवनमा मंसिर २५ गते बिमोचन तथा पुनरमिलन कार्यक्रम रहनेछ । यसैगरी काठमाडौंको कोटेश्वरस्थित किराया भवनमा मंसिर २८ गते र पाँचथरको सयपत्री युवा समूह क्लव खुर्बुमा मंसिर २२ गते बिमोचन तथा पुनरमिलन कार्यक्रम रहने सचिव राईको भनाई छ ।
कुल १६ पुस्ताको गरी ३०० पेजमा समेटिएको बंशावली पुस्तक बिमोचनसँगै सो क्षेत्रमा रहेको ७० वर्षभन्दा माथिका जेष्ठनागरिक, समुदायमा विशिष्ट योगदान पु¥याउने महिला, दिखलीपाछाका शिखर व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । कार्यक्रममा माननीय रामकुमार राई र कृष्णकुमारी राईले सम्बोधन गर्ने आयोजकले जनाएको छ । त्यस्तै किराँती मिथकमा आधारित बिभिन्न ऐतिहासिक स्थलहरुको अवलोकनका साथै किराँत राई चाम्लिङ समुदायको ऐतिहासिक व्यक्तित्व भूसुरीको तस्वीरसमेत सार्वजनिक गर्नेसमेत आयोजकले कार्यतालिका सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया