उदयपुर / बलात्कारपछि हत्या भएको अनुमान गरिएकी एल्जिना खड्काको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । एन्जिलाको बलात्कारपछि हत्या गरेको आशंकामा छ जनालाई नियन्त्रणमा लिएको मध्येबाट हत्यारा रहेको अनुसन्धानबाट पत्ता लागेको छ ।
घटनालाई संकास्पदरुपमा पाएपछि प्रहरीले व्यापक अनुसन्धान बढाउने क्रममा संकास्पद छ जना युवालाई नियन्त्रणमा लिएको थियो । जसमध्ये सोधपुछ, बयानपछि चारजनालाई छाडेको छ भने अनुसन्धानले दुईजना दोषि देखिएपछि थप प्रमाण जुटाउने काम भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए ।
घटनाको पाँचदिन वितिसकेको छ । यसबीचमा प्रहरी अनुसन्धानले गति लिएको र अपराधी नजिक पुगेको प्रहरी स्रोतले जनाएको छ । डिएसपी अर्जुन रानभाटका अनुसार शब पोष्टमार्टमको रिपोर्ट चाडै ल्याउने प्रयास भईरहेको छ भने अन्य प्रमाणहरु जुटाउने काम भईरहेको छ । पोष्टमार्टम रिपोर्ट र अन्य सबै किसिमका प्रमाणहरुबाट अपराधीको एकिन भएपछि सार्बजनिक गरिने उनले बताए ।
हत्यामा संलग्न भएकाहरु प्रहरी नियन्त्रणमा आई सकेकाले उनीहरुलाई आज सार्जनिक गर्न प्रहरीको तयारी रहेको छ । अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा रहेकाहरु मध्यकै व्यक्ती रहेकाले शव परिवारलाई जिम्मा लगाउनु अगावै अपराधी सार्वनजिक हुने प्रहरीले जनाएको छ । यता अपराधी पत्ता नलागेसम्म परिवारले शव नबुझ्ने अडान लिएका छन् । एल्जिनाका बुबा दुर्गाबहादुर खड्काले बलात्कारपछि हत्या गर्ने अपराधी पक्राउ परेपछि मात्रै शव बुझ्ने अडान लिएका हुन् । मृतक एल्जिनाका बुबा दुर्गाबहादुर खड्काले अपराधी किटान गरेर प्रहरीले सार्वजानिक नगरिकन शव नबुझ्ने बताएका हुन् । उनले भने, ‘छोरीको अपराधी यहिँ हो भनेर पुष्टिसहित प्रहरीले सार्वजानिक नगरीकन शव बुझ्दिनँ । उनले दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
प्रहरीले छिट्टै अपराधी सार्वजनिक गर्ने भएका छन् । ‘हामीले केही व्यक्तिलाई शंकाका आधारमा नियन्त्रणमा लिएर बयान लिइरहेका छौँ’, डिएसपी रानाभाटले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि अपराधी सार्वजानिक गर्ने जिल्ला प्रहरीको तयारी रहेको छ । हामी सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ । शव बुझाउने बेलासम्म अपराधी यकिन गर्नेछौँ ।’