

सुखिलाल चौधरी, उदयपुर / प्रदेश–१ का सांसद नारायण बुर्जा मगरले उदयपुर र सिराहाको सीमावर्ती क्षेत्रमा कायम सीमा विवाद समाधान गर्न प्रदेश सरकारसंग माग गरेका छन् ।
प्रदेशसभाको बिहीबार बसेको शून्य समयमा बोल्दै सत्तापक्षका सांसद मगरले प्रदेश–१ मा पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ६ र प्रदेश २ को सिराहाको लहान नगरपालिका १६ रहेको सीमा विवाद अन्त्यका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदेश संसाद मगरले यी दुई स्थानीय निकायका सर्वसाधारण दुवै प्रदेश र दुवै जिल्लाका मतदाता रहेको बताए् ।
प्रदेश सांसद मगरले २०७२ सालमा जारी संविधानले नेपालको नयाँ पुर्नसंरचना गरेकोले त्यो भन्दा अगाडि सिराहा र उदयपुर सगरमाथा अञ्चलमै रहेका थिए । तर, अहिले प्रदेश १ मा उदयपुर र प्रदेश २ मा सिराहा पर्दछ । त्यहाँ लामो समयदेखि सीमा विवाद कायम छ ।
यस्तो छ, दुई जिल्लाको सिमा विवाद
वर्षौदेखि उदयपुर र सिरहाको सिमा विवाद अझै सुल्भलेको छैन । विस २०३२ सालभन्दा अगाडी उदययपुर जिल्लाको पञ्चावती क्षेत्र सिरहाको लहान नगरपालिका १६ मा पर्ने आरी दमार, आहाले, बर्दमार, टाडे, देउराली, धाव्रे, सोलुढुँङगा, ढुँङग्रे, नागवेली, रुम्जाटार, भुरसुवा, भुमरे, मतिटार भन्ने लगायतका चुरेका गाँउहरु पर्दथ्ये। अहिले ति गाँउको जग्गाधनी पुर्जा लगायत सवै उदयपुरबाटै बनेका छन ।
सिराहाको लाहान नगरपालिका १६ नम्वर वडा र उदयपुरगढी गाँउपालिका ६ मा पर्ने चुरेका वस्तिहरु उदयपुरमै थिए । उदयपुरबाटै नागरिता, जग्गाधनी पुर्जा वितरण गरिएको छ । २०३२ साल पछाडी चुरे पनि ढिलो क्षेत्र सिमा छुटिएकाले सिराहा परेको लाहान नगरपालिका १६ का वडा अध्यक्ष गडुलबहादुर जर्गामगर बताउँछन । ‘सिरहा र उदयपुरको सिमा भनेको चुरेको डाडाँ हो,’ उनले भने, ‘चुरे डाडाको पानी ढोलो क्षेत्र सिमा कायम भएको नक्सानै छ, तर, उदयपुरतिरबाट बस्तिको लगत सिरहालाई अझै दिइएको छैन, जसको कारण दुवैतिरबाट त्यो भेगका जनताले भोट लागउँदै आएका छन ।’
यता उदयपुरगढी गाँउपालिका उदयपुरकी उपाअध्यक्ष सानुमाया राउतले चुरे क्षेत्रका बस्ति सवै उदयपुरको भएको दावी गर्छिन । ‘प्रदेश २ ले प्रदेश १ को स्रोत साधनमाथि आँखा लगाएकाले मतदाता परिचय पत्र वितरण गरेको हो,’ उनले भनिन, ‘हामीले उदयपुरको उदयपुरगढी गाँउपालिकाको क्षेत्र भित्र कायम गर्न प्रदेश र संघीय सरकारलाई समेत आग्रह गरेका छौ, त्यो प्रदेश १ मा पर्ने उदयपुर जिल्लाकै उदयपुरगढी गाँउपालिकामा पर्छ ।’
व्यक्ति एक, दुई मतदाता परिचय पत्र
नेपालकै दुई जिल्ला दुई प्रदेशको सिमा क्षेत्र बनेका छन । यी दुई प्रदेशमा एक व्यक्ति दुई मतदाता परिचय पत्र छ । जुन कुरा सुन्दा जो कोही तीन छक पर्छन । किन भने, फोटो सहितको मतदात परिचय पत्रले कुनै व्यक्ति दोहोरिदैन, छुट्दैन भन्ने नारा निर्वाचन आयोगको धारणा छ ।
त्यही नाराको ठिक उल्टो उदयपुर र सिरहाको सिमावर्ती क्षेत्रमा छ । संघीय गणतन्त्र नेपालमा दुई प्रदेशमा एक व्यक्ति दुई मतदान परिचय पत्र लिएर बसेका छन । प्रदेश नम्वर १ मा पर्ने उदयपुरको उदयपुरगढी गाँउपालिका ६ र प्रदेश २ को सिरहाको लाहान नगरपालिका १६ का सर्वसाधरण दुवै प्रदेश र दुवै जिल्लाका वासिन्दा बनेका हुन । ‘उदयपुरका नेताहरु आउँछन, तपाईहरु उदयपुरकै भन्छन,’ उदयपुरगढी गाँउपालिका ६ रुम्जाटारका अर्थात लाहान नगरपालिका १६ का पुर्णबहादुर मगरले भने, ‘यस क्षेत्रमा चार पाँच सय घरधुरीको बसोबास छ, कुन प्रदेशको कुन जिल्लाका नागरिक भन्ने यकिन छैन ।’ एक व्यक्ति दुवै जिल्लाका दुवै प्रदेशका मतदाता बनेका छन, उनले पुन भने ।
घना चुरे वन क्षेत्रकोबीच भागमा पर्ने आरी दमार, आहाले, बर्दमार, टाडे, देउराली, धाव्रे, सोलुढुँङगा, ढुँङग्रे, नागवेली, रुम्जाटार, भुरसुवा, भुमरे, मतिटार बन्ने गाँउ छ । एक गाँउमा २५ देखि ३५ घरको बसोबास छ । एक गाँउबाट अर्को गाँउ जान जंगलनै पार गर्नु पर्छ ।
तिनै गाँउका नागरिकले विगत लामो समयदेखि दुवै तिर भोट लगाउँदै आएको कमलबहादुर आले मगर बताउँछन । ‘दुवैतिर भोट लगाउने यहाँका जनता कहिले पनि कसैको आप्mनो भएनन,’ उमेरले ६५ पुगेका उनले भने, ‘पञ्चायकालदेखि दुवैतिर भोट लगाउन थालेका हुन ।’ न प्रदेश १ उदयपुरका भयौ हामी, न प्रदेश २ मा पर्ने न सिरहाकै हौ भन्ने पुष्टी छ, हामी हौं कहाँ का ?, आले मगरले प्रतिप्रश्न गरे।’
नेताहरुकै अगुवाईमा दुवै तिर भोट 
उदयपुरगढी गाँउपालिका ६ सोलुढुँगा र लाहान नगरपालिका १६ सिरहाको मतदाता परिचय पत्र देखाउँदै यकुमाया मगरले दुवै तिर भोट लगाउँदै आएको बताईन । ‘गाँउमा टोली आएर मतदाता परिचय पत्र बनाउँदा नेताहरुले दवै तिर बनाउन आग्रह गर्छन,’ उनले भनिन्, ‘चुनावमा भोट हालेपछि कस्ले जित्यो, कता गयो, हामीलाई केही थाहा हुँदैन ।’
दुवैतिरबाट मतदाता पचिय पत्र लिने अर्की रात्नमाय मगर पनि छिन । ‘यो परिचय पत्र देखाउँदा प्रहरीले पक्राउ गर्छ भन्ने सुनेको छु, मेरा यी नै हुन,’ उनले भनिन, ‘गाँउको नेता हुँ भन्नेले फसायो की कसो, दुवैतिर बनाउन लगायो ।’
सिरहा तर्फको मतदान केन्द्र जनता आधारभुत विद्यालय वर्दमार १६ लाहान नगरपालिकामा पर्छ । उदयपुर तर्फको माध्यमिक विद्यालय जगरेटार नेपालटारमा पर्छ । ‘नेपालटार तर्फ भोट लगाउनु प¥यो भने गाडीनै लिएर आउने गरेका छन,’ अर्को स्थानीय कमलबहादुर आले मगरले भने, ‘सिरहा तर्फको पनि नजिकै छ, उता भोट लगाएपछि त्यही गाडी यता ल्याएर भोट हाल्न लगाइन्छ ।’
केही समय अघि भएको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुवै तिर भोट हालेको सर्वसाधरणको भनाई छ ।
भोट बैँङको लागि दुवैतिर मतदाता परिचय पत्र
२०२८ सालमा नापी भएको अधिकाँसको जग्गाधनी पुर्जा, नेपाली नागरिता उदयपुरतर्फबाट बनेका छन । तर, मतदाता परिचय पत्र मात्र सिरहाको थपेका हुन । ‘पञ्चाय कालमा हुने चुनावमा दुवै तिरका पञ्चायतीहरुलाई जिताउन यस क्षेत्रमा दुवै तिरबाट मतदाता नामावली बनाउने गरिएको थियो रे,’ ७० वर्षे जागे तामाङले भने, ‘अहिले पनि त्यो चलन हटेको छैन, जसले गर्दा कुन प्रदेशको कुन जिल्लामा परियो भन्ने यकिन समेत हुन सकेन ।’
पञ्चायकालदेखि यता भएका सवै निर्वाचनको लागि संकलन गरिएको मतदाता परिचय पत्रमा दुवैतिर नाम राख्दै आएको स्थानीय बुढापाको भनाइ छ । उदयपुरगढी गाँउपालिका ६ का वडा अध्यक्ष कृष्ण खत्रीले पञ्चयतकालकै नेताहरुको कारण दोहोरो मतदाता परिचय पत्र लिएको बताए । ‘जग्गा धनी पुर्जादेखि विकास निर्माणका काम सवै उदयपुरलेनै त्यस क्षेत्रमा पु¥याएको छ,’ उनले भने, ‘अहिले सिरहाले पनि उदयपुरको स्रोत साधान हस्तक्षेप गर्नको लागि सिरहाको भन्न थालेको छ ।’ सिरहा मात्र नभएर अहिले प्रदेश २ सरकारलेनै उदयपुरको चुरे क्षेत्रको प्रकृतिक स्रोत साधनमाथि हस्तपेक्ष गर्न लागेको आरोप समेत वडा अध्यक्ष खत्रीको छ ।
उदयपुरका बुद्धीजीवी बोधकुमार घिमिरले उदयपुरको उदयपुरगढी, कटारी नगरपालिकाले सिरहा जिल्ला छोएका अधिकाँस गाँउहरुमा दोहोरो मतदाता परिचय पत्र बनाउने गरेको बताए । ‘यो उदयपुरगढी क्षेत्रमा मात्र छैन,’ उनले भने, ‘चुरे जंगलको बीच भागमा बस्ने अधिकाँसले दुवैतिर भोट हाल्दै आएका छन, यो समस्या हल गर्न निर्वाचन आयोगले विशेष ध्यान नदिएको भन्दै थपे, ‘अव प्रदेश १ ले विशेष रुपमा प्रदेश २ सँग भएको सिमा विवाद हल गर्नु पर्ने छ ।’
प्रकृतिक स्रोत साधनमाथि सुरु भयो लफडा
०७२ सालमा जारी संविधानले नेपालको नयाँ पुर्न संरचना गरेको हो । त्यो भन्दा अगाडी सिरहा र उदयपुर सगरमाथा अञ्चलमै थिए । सगरमाथा अञ्चलकै दुवै जिल्ला छिमेकी भएर प्रकृतिक स्रोत साधानको सदुपयोग गर्दै आएका थिए ।
प्रदेश १ मा उदयपुुर र प्रदेश २ मा सिरहा छ । दुवै जिल्लाका जनप्रतिनिधिहरु अहिले प्रकृतिक स्रोत साधान आप्mनो प्रदेशमा कायम गर्न दौडधुपमा छ । लाहान नगरपालिकाका मेयर मुनी साह सुडीले नगरसभाबाटै पास गराएर त्यस क्षेत्रका लगत संकलन गरेर नापी र मालपोत कार्यालय उदयपुरलाई ढड्डा सिरहा पठाइदिन आग्रह गरेको जानकारी दिए । ‘हामीले उदयपुरबाट जग्गाधनी पुर्जा लिएकाहरुले सरकारी कामकाग सिरहामै पठाउन आग्रह गरेका थियौ,’ उनले भने, ‘खै किन हो कुन्नी, उदयपुरका साथीहरुले पठाउनु भएको छैन ।’ उदयपुर र सिरहाको सिमा चुरेको डाँडाँ नगरपम्रमुख साहले भने, ‘त्यस क्षेत्रको प्रकृतिक स्रोतसाधनमाथि प्रदेश १ र उदयपुरको आखा परेकाले नभएको हो ।’
उदयपुरगढी गाँउपालिकाकी उपप्रमुख सानुमाया राउतले प्रदेश २ सरकार र लाहान नगरपालिकाकाले उदयपुरगढी गाँउपालिका र प्रदेश १ को प्रकृतिक स्रोत साधन हड्पन खोजेको आरोप लगाईन । ‘हरेक दृष्टीकोणले चुरे जंगल उदयपुरको पर्छ,’ उनले भनिन्, ‘कुनै वेला उदयपुरका नेताहरुले सिरहाका आप्mनो पार्टीका नेता जिताउन मतदाता परिचय पत्र वितरण गर्ने कु सँस्कारले अहिले समस्या भयो, उदयपुर र सिरहाको सिमा सिरहाको पहाडी भित्तो हो ।’
उदयपुरको प्रकृति स्रोत साधानको संरक्षण गर्न प्रदेश १ सरकार संघीय सरकारलाई समेत आग्रह गरेको बताईन । दुवैतिरका स्थानीय तहका जनप्रतिनिधिले अहिले आ–आप्mनो भनेर दावी गरिरहेका छन । विवादित क्षेत्रका प्रदेश १ का प्रदेशसभा सदस्य नारायण बुर्जामगरले प्रदेश १ को प्रदेशसभामा समेत कुरा राखेको बताए । ‘त्यो प्रदेश १ कै हो,’ उनले भने, ‘लाहानले प्रदेश २ सरकार गुहारेर उदयपुरको भाग सिरहामा पार्न मात्र खोजेको हो ।’
सिमा विवादका समस्या यस्ता छन
सिमा विवादमा रहेका दर्जन गाउँमा अझै पनि सरकारी सेवा पुगेको छैन । एक हजार पाँच सय भन्दा धेरै घुरधुरीको बसोबास रहेको क्षेत्रमा कतै स्वास्थ्य चौकी, प्रहरी चौकी, टेलिफोन सेवा छैन । ‘विकासका पूर्वाधारबाट चुरे जंगल बीचमा पर्ने गाँउहरु वञ्चित छन्’ श्री जनकल्याण माध्यमिक विद्यालय रुम्जाटारी शिक्षिका तारा लक्ष्मी मगरले भनिन्, ‘संघीयताले सवै तिर नयाँ पुर्न संरचना गरेको छ, यस क्षेत्रमा संघीयता आएको छैन, कुन जिल्लाको, कुन प्रदेशको भन्ने अझै टुङगो लागेको छैन ।’
प्रदेश र जिल्ला टुङगो नलाग्दा विकासको पुर्वाधारमा समेत पछि परेको उनको बुझाइ छ। काभ्रे कपलेश्वर बाबा सामुदायिक वन उपभोक्ता समुहको कागजमा नामा सिरहा नगरपालिकाका १६ मा छ । यस वन क्षेत्र वरिपरी जिल्ला वन कार्यालय उदयपुरमा दर्ता भएका वन क्षेत्र छन । ‘हामी उदयपुरगढी गाँउपालिकाका बासिन्दा हौ,’ काभ्रे कपलेश्वर बाबा सामुदायिक वन उपभोक्ता समुहका सचिव पुर्णबहादुर मगरले भने, ‘वन राजश्व हामीले सिरहामा तिर्नु पर्छ, हामी मात्र सिरहाका हौ, अरु एक दर्जन सावउस उदयपुरकै छन ।’
सडक उदयपुरगढी गाँउपालिकाले बनाएको दावी गर्छ भने विजुलीको पोल लाहान गरपालिकाले गाड्ने तयारी गरेको छ । विकास निर्माणका पुर्वाधारमा दुवैतिरबाट हेला गर्दा समस्या परेको सर्वसाधरणको नभाइ छ । सर्वसाधरण भने प्रदेश १ कै उदयपुरमा बस्न रुचाउने गरेको बताउँछन ।









