उदयपुर / आफ्ना विद्यार्थी पक्राउ परेको विरोधमा नेपाल विद्यार्थी संघ उदयपुरले सोमबार सदरमुकाम गाईघाटमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्ने क्रममा विद्यार्थी माथि प्रहरी हस्तक्षेप भएको छ । पार्टी कार्यालय गाईघाटमाबाट निकालेको पुत्ला प्रहरीले खोस्ने क्रममा त्रियुगा नगरपालिका ११ गाईघाट सिटिहल अगाडि प्रहरी र विद्यार्थी विच दोहोरो झडप भएको थियो ।
नेविसंघले पुत्ला जलाउने तयारी गरेको वेला प्रहरीले हस्तक्षेप गरे पछि प्रहरी र विद्यार्थी विच झडपको स्थिती सृजना भएको थियो । झडपमा नेपाली विद्यार्थी संघका नेता प्रलाद खत्री घाईते भएका छन्, भने सशस्त्र प्रहरीका जवान लक्ष्मण श्रेष्ठ सामान्य घाईते भएका छन् । घाईते दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भएको थियो । नेपाल विद्यार्थी संघ तपेश्वर उच्च मावि काभ्रेका इकाई सभापती कृष्ण ढकाललाई प्रधानमन्त्रीको कार्टुन फेसवुकमा पोष्ट गरेको आरोपमा प्रहरीले कुकुर तिहारको दिन पक्राउ गरेको थियो ।
पुत्ला दहन पछि कोण सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ उदयपुरका सभापती सन्तोष कोइरालाले वर्तमान सरकार जनविरोधी भएको वताए । विभिन्न वाहानामा आफ्नो विचार भन्दा फरक विचारमा रहेका सिधा सोझा जनतालाई विभिन्न बाहानमा सरकार दुःख दिन लागेको बताए । सरकारको सामान्य विरोध गर्दा पनि जनता गोली खान तयार हुनु पर्ने अबस्था रहेको नेविसंघ नेता रोशन कार्कीले बताए ।

तपाईको प्रतिक्रिया