उदयपुर । एडिस नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग कटारी नगरपलिकामा प्रकोपकै रुपमा फैलिदै गएको छ । त्रियुगा नगरपालिकामा जेष्ठ ३० गते नै देखापरेको डेंगु कटारीमा साउन २६ गतेदेखि डेंगु रोगको भाइरस देखा परेको थियो । कटारीमा सोमबारसम्म १९ जनासम्म बिरामीमा यसको भाइरस देखा परिसकेको छ ।
सुरुमा सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण झापा, मोरङ हुँदै उदयपुरमा पनि देखा परेको छ । डेंगु रोगका बिरामी बढ्दै गएपछि उदयपुरको चार नगरपालिकामा स्थानीय त्रसित बनेका छन् । जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिकामा दुई जनाबाट सुरु भएको डेंगु १९ जना बढीमा फैलिएपछि त्रास फैलिएको हो ।
उदयपुरमा अहिलेसम्म दुई दर्जन बढीमा डेंगु रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलले बताए । उनका अनुसार कटारी नगरपालिकामा सोमबारसम्म १९ जना बिरामी देखा परेका छन । त्यसैगरी बेलका नगरपालिका ५ मा ४ जना, त्रियुगा नगरपालिकामा २ जना, चौदन्डीगढी विपि चौकमा १ जना बिरामी रहेको उनले बताए ।
शुरुमा गत जेष्ठ ३० गते त्रियुगा नगरपालिका ३ मोतिगडाका ४० वर्षिय चुडामणि आचार्य डेंगुको संक्रमण देखा परेको थियो । केही दिन अगाडी त्रियुगा नगरपालिका १२ स्थित डिएम गेटमा महमद अक्बरमा डेंगु रोग देखा परेको छ । उनको विराट अस्पताल विराटनगरमा उपचार भैरहेको छ । यस्तै चौदण्डीगढी नगरपालिका ६ कि श्वता थापालाई पनि १५ दिन अगाडी धरान बसेर आएपछि डेंगु रोग देखा परेको हो ।
त्यसपछि कटारी नगरपालिकामा दुई जना बिरामीमा डेंगुको एंटिजन पोजेटिभ फेला परेको कटारी अस्पताल प्रमुख डा.पवन शाहले बताए । एक सातादेखि लगातार ज्वरो आएर अस्पतालमा उपचार गर्न आएका कटारी नगरपालिका–३ की नीलम खड्का र चित्रबहादुर दाहाललाई डेंगु एंटिजन पोजेटिभ फेला परेको कटारी अस्पतालका प्रमुख डा.पवन शाहले बताए । चित्रबहादुर धरान बसेर आएपछि देखा परेको थियो ।
उनले भने, ‘बिरामीमा ज्वरो नघटेपछि जीवनज्योती प्याथोलोजीमा रगत परीक्षण गर्दा डेंगु एंटीजन पोजेटिभ देखिएको हो ।’ कटारीका निजी र सरकारी अस्पतालमा रगत परीक्षण गर्दा डेंगु देखा परेको उनको भनाइ छ । जिल्लामा यस अघि डेंगु रोगका संक्रमण देखा परेको थिएन । डेंगुको संक्रमण फेला परेपछि बिरामीको घरपरिवारलाई सफासफाई गर्न डाक्टरले सुझाव दिएका छन् ।
डेंगुेको संक्रमण बढ्दै गएपछि बिरामीको अबस्था बुझ्न कटारी अस्पताल पुगेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बिरामीको उपचारमा कन्जुस्याइ नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिए । ‘डेंगुेको टेस्ट गर्न चाहिने किट तत्काल उपलब्ध गराई बिरामीको उपचारमा कुनै कमी हुन नदिनुस, समस्या परे भन्नुस नगरपालिका छ ।’ उनले भने । मेयर श्रेष्ठले नगरपालिका स्वास्थ्य शाखाले डेंगु नियंत्रण गर्न अभियान सुरु गरेको बताए । ‘कटारीमा डेंगु संक्रमण देखिएको छ हामी संवेदनशील छौं यद्यपी घर वरिपरी पानी जमेको छ भने लामखुट्टेले फुल पार्न सक्छ, त्यसैले निरन्तर रुपमा सरसफाईमा ध्यान दिन समेत जरुरी छ।’ डाक्टर साहले भने ।
वर्षादको समय सकिएसँगै हिउँदको समय सुरु हुने मौसममा सफा पानी कुनै खुला भाडामा धेरै दिनसम्म राख्नाले वा कुनै स्थानमा नबग्ने गरी सफा पानी भए पनि उक्त स्थानमा लामखुट्टेले धेरै फुल पार्न सक्ने अस्पतालका डाक्टर गौरब शाहले बताए ।
प्रमुख खकुरेलले स्थानीय तहदेखि मातहतका अस्पताल, स्वास्थ्य केन्द्र र माथिल्लो निकाय प्रदेश र विभागलाईसमेत जानकारी गराइसकेको बताए । जिल्लाका ४ वटा नगरपालिकामा बिरामी देखापरेपछि सम्भावित हुने महामारीलाई नियन्त्रणका लागि प्रयास जारी रहेको उनले बताए। पोथी लामखुट्टेले सफा पानीमा अण्डा पारेर बच्चा निकाल्ने बेलामा मान्छेलाई टोकेपछि बिरामी हुने चिकित्सकको भनाइ छ । लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने, शरीरमा दादुरा जस्ता फोका आउने, लिभर पुल्ने र पेटमा पानी जम्ने र गिजाबाट रगत आउने, शरीर दुख्ने लक्षय देखिने गर्दछ ।
- उदयपुरमा पनि डेंगु रोगको विरामी फेला
- कटारीमा दुई विरामीमा भेटियो डेंगुको जिवाणु
श्रावण २० गतेदेखि भदौं २ गतेसम्मको डेंगु संक्रमितको विवरण










