उदयपुर । उदयपुका व्यवसायीहरुले सरकारले ल्याएको आर्थिक ऐन संशोधनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट सहित पाँच वटा पालिकामा रहेको उद्योग वाणिज्य संघले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय उदयपुरमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आर्थिक नीतिका १७ बुद्धा खारेजीको माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाल सरकारले आर्थिक विधेयक मार्फत ल्याएको ऐन अव्यवहारिक भएको र उद्योग व्यबसाय धारासायी बनाउने खालको भएकोले यस ऐनलाई संशोधनको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्न हेतु आएको आर्थिक वर्ष २०७६÷०७७ को वजेट वक्तव्यमा उल्लेख भएका नीती तथा प्रावधानहरुमा निजी क्षेत्रको साथ समर्थन रहदा रहदै पनि केही वुँदाहरुका कारण उद्योग व्यावसायमा देखिको जटिलताले सिंगो देशको आर्थिक क्षेत्रनै धरासायी हुने देखिएको भन्दै त्यस वुँदाहरु खारेजीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
त्रियुगा उद्योग वाणिज्य संघले भिसिटिएसले लामो दुरी, हिमाली, पहाडी तथा ग्रामिण भेगकालागि हालको अवस्थामा असहज हुने हुँदा तत्कालका लागि खारेजीको माग गर्नु पर्ने आधारभुत खाद्य वस्तुमा लगाईको मुल्य अभिवृद्धि कर र अग्रीम आयकरको अविलम्व खारेजी, स्थायी लेखा नम्वर (प्यान) नभएका कामदार तथा कर्मचारीलाई प्रदान गरिने ज्याला तथा पारिश्रमिकलाई खर्चमा लेख्न नपाउने, वैक खाता मार्फतमात्र पारिश्रमिक भुक्तानी गर्नुपर्ने माग गर्दै त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट, बेल्टार बहसा उद्योग वाणिज्य संघ बेल्टार, बेलका उद्योग वाणिज्य संघ रामपुर, मुर्कुची उद्योग वाणिज्य संघ मुर्कुची, उदयपुरगढी उद्योग वाणिज्य संघ नेपालटारले एक प्रेस विज्ञप्ती जारी गरी जानकारी गराईएको हो ।
हेर्नु होस् ज्ञापन पत्र 










