उदयपुर । उदयपुरगढी गाउँपालिकामा भिसन पहिरो गएको छ । पहिरोमा परेर डेढ दर्जन बढी घर पहिरोले बगाएको छ । तीन वडामा डेढ दर्जन बढी घरमा पहिरो गएको छ । चुरे क्षेत्र भिरालो जमिन भएको सो गाउँपालिकाका तीन वडामा पहिरो जाँदा डेढ दर्जन बढी घर बगाएको हो ।
उदयपुरगढी गाउँपालिका ४ मा १० भन्दा बढी घर, वडा नं. ५ मा तीन घर र वडा नं. ८ मा पाँच घर पहिरोले भत्काएको छ ।
शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका ४ बडहरे खोलामा पहिरोमा परेर ४० वर्षिय कुल बहादुर तामाङलाई करिव १ सय ५० मिटर तल खोल्सामा पुर्यार उद्धार गरिएको थियो । उनको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भैरहेको छ । उनको अवस्था गम्भिर रहेको स्वास्थ्य चौकी प्रमुख दिप नारायण चौधरीले जानकारी दिए । उनका अनुसार दाहिने छातीमा चोट लागेर रगत जमेको छ भने कम्मर मुनी ४ ठाउँ भाचिको छ, मासु चिथोरिएको छ । मदन भण्डारी राजमार्गमा पहिरोले अवरुद्ध गरेपछि थप उपचारको लागि बाहिर लैजान सकिएको छैन् ।
यस्तै सोही वडामा लाल बहादुर तामाङ, दिलिप सुनुवार अमृत तामाङ, आइके तामाङ लगायत १० भन्दाबढी घर पहिरोले घर भत्किएको सूचना आएको वडाध्यक्ष रामबहादुर घलेले जानकारी दिए ।
यस्तै वडा नं. ५ मा रेवत रोका, महेश राई र चक्रबहादुर राई पहिरोले विस्तापित भएको छ । वडा नं. ८ मा पाँच घर पहिरोले पुरिएको छ ।









