उदयपुर । उदयपुरगढी गाउँपालिका ६ स्थित दनुवारबेसी तिनटाट्ने पाखो पहिरो झरेर बैधनाथ खोला थुनिएर ताल बनेको छ । बैधनाथ खोला थुनिएपछि दनुवारबेसी र नेपालटार उच्च जोखिममा रहेको छ ।
खोला थनिदा करिव एक दर्जन घर डुवानमा परेको स्थानीयहरुको अनुमान छ । खोला थुनिएर ताल बनिरहेको भन्दै स्थानीयले उद्दारका लागि अपिल गरेका छन् । पहिरो नाघेर एकैचोटी खोलाको बहाव सुरु भएको खण्डमा कटारी नगरपालिकाका दर्जनौं बस्ती बगाउने अनुमान भइरहेको छ ।
खोला थुनिंदा नेपालटारको तल्लो भेग जलमग्न भएको छ भने घरहरु डुबेको स्थानीय विजय घिमिरेले जानकारी दिए । पाखामा रहेका चारवटा घरहरु समेत पहिरोले बगाएको जनाइएको छ । तर घरमा रहेका मानिसहरु भने सुरक्षित रहेको जनाइएको छ । पानी जमेर ताल बनेपछि गोहिया, बकपति, लामिदुवाली, सोमबारे नदी छेउछाउका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्नुपर्ने स्थानीयले माग गरेका छन् ।
स्थानीय र प्रहरीले जेसिवी मार्फत खोला खोलाउन पहल गरिएपनि सफल हुन नसकेपछि नेपाली सेनाको टोली विस्फोटक पदार्थ सहित त्यहाँ पठाउने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी धु्रव बहादुर खड्काले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया