सप्तरी । केही दिन देखि परेको निरन्तर वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । प्राप्त जानकारी अनुसार पानी बहावको घनत्व १ लाख ७९ हजार ६ सय १५ क्यूसेक पुगेको छ ।
पानीको बहावसँगै उक्त क्षेत्रमा खतरा बढेपछि ५६ ढोकामध्ये अहिलेसम्म ३२ वटा ढोका खोलिएको जानकारी प्राप्त भएको छ ।
निरन्तरको वर्षाको कारण पानीको सतह बढ्दै बहावको घनत्व १ लाख ५० हजार नाघ्ने बित्तिकै खतराको संकेत जनाउँदै रातो बत्ती बाल्दै रातो झण्डा पनि फहराएको बताईन्छ ।

तपाईको प्रतिक्रिया