
इटहरी । घरको पर्खाल सडकमा परेपछि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर चलाएका छन् ।
इटहरी-१७ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको उनको घरको पर्खाल सडकमा परेको भनेर सामाजिक सञ्जालमा आलोचना भए पछि मंगलबार उनले डोजर लगाएर भत्काएका हुन् ।
पत्रकारको नाकको डाडी भाँच्न बजेट छुट्याएको भनेर चर्चामा आएका मेयर चौधरीले यस अघि सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्काउने अभियान चलाएपछि उनकै घर सडकमा परेको भन्दैं आलोचना भएको थियो ।
पर्खाल सडकमा परेकाले आफ्नै घरबाट सुशासन सुरु गरेको उनले बताए । सडक अतिक्रमण गरेर बनाइएका अन्य संरचना हटाएर शहरलाई व्यवस्थित गर्न सहयोगका लागि नगरवासीलाई आग्रह गरेका छन् ।









