काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबै त्यागेर फेरि जंगल जान पनि तयार रहेको बताएका छन् । आइतबार कार्ल माक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा बोल्दै दाहालले जनताले साथ दिए फेरि जंगल जान तयार रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै दाहालले भने ‘आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाइँ हामी एक्लै छौं जस्तो भएको छ ।’ उनले प्रश्न गरे हामी कता गइरहेका छौं ?
पार्टीभित्रको रोदन पोख्दै दाहालले भने ‘पहिला अलि टाढाबाट आएको एउटा साथी भेट्दा गर्वले छाति फुलाउने तपाइँ, हामीहरु अहिले देख्दा पनि नदेखेको झैं गर्ने र बोल्नै नपरे जस्तो गर्न थालेका छौं ।’
‘हिजो लाखौंको बीचबाट काठमाडौं आउँदा जंगल आएजस्तो भएको छ, तर हिजोका दिनमा जंगलमा बस्दा त्यस्तो भएको थिएन् ।’
‘अहिले हाम्रो पार्टीमा कम्रेडहरु एकले अर्कोलाई छिर्किने हान्ने गर्नु भा छ, एउटाले अर्कोलाई सिद्याउन खोजे’ दाहालले भने ‘कम्युनिष्ट पार्टीभित्र पनि बदमासीहरु निस्किए ।’

तपाईको प्रतिक्रिया