
उदयपुर । आन्तरिक राजस्व करदाता सेवा कार्यालय गाईघाटले चालु आर्थिक वर्षमा लक्ष्य भन्दा बढी कर उठाउने योजना रहेको जनाएको छ । गत आर्थिक वर्षमा ३० करोड ६३ लाख ८३ हजार कर संकलन गरेकोमा चालु आर्थिक वर्षमा २५ प्रतिशत भन्दा बढी कर संकलन गर्ने योजना रहेको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले जानकारी दिए ।
चालु आर्थिक वर्षको गत साउन देखि चैत मसान्त सम्म २५ करोड १० लाख ६४ हजार कर संकलन भई सकेको कार्यालय प्रमुख बुढाथोकीको भनाई रहेको छ । जसमा सबै भन्दा बढी आयकर १२ करोड ९३ लाख ४० हजार, मुल्य अभिबृद्धि कर ९ करोड ५६ लाख ९ हजार, अन्त शुल्क २ करोड १२ लाख ७८ हजार, बहाल कर ५८ लाख ३९ हजार, ब्याज कर २२ लाख ६९ हजार, शिक्षा सेवा शुल्क १४ लाख ७८ हजार, स्वास्थ्य सेवा शुल्क २ लाख ६१ हजार संकलन भएको जनाएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा आयकर १६ करोड ८० लाख ११ हजार, मुल्य अभिबृद्धि कर ८ करोड ६४ लाख ४८ हजार, अन्त शुल्क कर ३ करोड ३५ लाख ९३ हजार, बहाल कर १ करोड ३४ लाख ८५ हजार, ब्याज कर २९ लाख २९ हजार, शिक्षा सेवा शुल्क १६ लाख ४६ हजार, स्वास्थ्य सेवा शुल्क २७ लाख १ हजार गरि ३० करोड ६३ लाख ८३ हजार संकलन भएको थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा २५ करोड १० लाख ६४ हजार कर संकलन भई सकेको र बाँकी ३ महिनामा १० करोड भन्दा माथि कर संकलन गर्न सकिने कार्यालय प्रमुख बुढाथोकीले कार्यकक्षमा नै पत्रकारहरुलाई जानकारी दिए । करदाता सेवा कार्यालय गाईघाटमा चालु आर्थिक वर्षमा आयकर दर्ता १ हजार ३६३, मुल्य अभिबृद्धि दर्ता १३३, अन्त शुल्क दर्ता २५०, ब्यक्तिगत स्थायी लेखा नम्बर ८५४ गरि २ हजार ६ सय थपिएको थियो ।
कार्यालयमा हाल सम्म आयकर दर्ता ९ हजार ३९०, मुल्य अभिबृद्धि कर दर्ता १ हजार १२५, अन्त शुल्क ९६२, ब्यक्तिगत स्थायी लेखा नम्बर ८ हजार ७४५ गरि कुल २० हजार २२२ करदाता रहेको जनाएको छ । कार्यालयले सातौं राष्ट्रिय कर दिबस सहित आन्तरिक राजस्व कार्यालय लहानसँग समन्वय गरि उदयपुरको कटारी बजार, गाईघाट बजार, बेल्टार बजार, मुर्कुचि बजार, रामपुर बजारमा बजार अनुगमन गर्ने काम गरेको कार्यालय प्रमुख बुढाथोकीले जानकारी दिए । करदातासँग कार्यालयले कर सम्बन्धि बिबिध बिषयमा अन्तरक्रिया छलफल गरेको, उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुचि बजार, उदयपुरगढी गाउँपालिका नेपालटार बजार, रौतामाई गाउँपालिकाको रौता बजारमा करदाता शिक्षा तथा अन्तरक्रिया सञ्चालन गरेको जनाएको छ । कर कार्यालय र करदाता बिचको सम्बन्धलाई प्रगाढ बनाउन चेतना मुलक अभियान चलाएकाहौं । कर कार्यालय र करदाता बिचको भ्रमलाई चिर्न हामीले बिभिन्न अभियान चलाउँदै आएकाछौं कार्यालय प्रमुख बुढाथोकीको भनाई रहेको छ । उनले भने, कर कार्यालय र करदाता भनेको नङ र मासुको जस्तो सम्बन्ध बनाउने हाम्रो उद्देश्य हो ।









