उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले स्थानीयप्रहरी कार्यालय भवनबनाउनजग्गाउपलब्ध गराएको छ । रौतामाई गाउँपालिका केन्द्र भुट्टारस्थितइलाकाप्रहरी कार्यालयको नयाँभवनबनाउन ५ रोपनीजग्गाखरिद गरी उपलब्ध गराएको हो ।
रौतामाई २ भुट्टारस्थितचालुवर्ष स्वीकृत इप्रकालाई आवश्यकभवनबनाउनउक्तजग्गागाउँपालिकाले व्यवस्था गरिदिएको हो । १५लाख८२ हजार ७ सय ५० रुपैंयामाखरिद गरेर गाउँपालिकालेप्रहरी भवनबनाउनजग्गा हस्तान्तरण गरेको प्रमुखप्रशासकीयअधिकृत खम्बराज राईले बताए । अधिकृत राईका अनुसार गत साउनमै गृह मन्त्रालयले इलाकाप्रहरी कार्यालय स्थापना गर्नेगरी दरबन्दीसहित स्वीकृत गरेको भएपनिजग्गाअभावमाअहिलेसम्म भवनबनाउने टुंगो लागिसकेको छैन ।भवनअभावमास्थानीयको साँघुरो कोठाको नीजि घर भाडामा लिएर प्रहरी कार्यालय सञ्चालनगर्दै आउनु परेको अधिकृत राईले बताए।
गाउँपालिकाअध्यक्ष र अधिकृतसहितको टोली सदरमुकामआई खरिद गरेको जग्गामालपोत कार्यालय गाईघाटमा नामसारी गरी इप्रकाको नाममा रजिस्ट्रेसन पास गरिएको छ । इलाकाप्रहरी भुट्टारको नाममानामसारी गरेको जग्गाधनी प्रमाणपुर्जा मंगलबार आयोजित एक कार्यक्रममाप्रमुखजिल्लाअधिकारीमार्फत जिल्लाप्रहरी कार्यालयलाई हस्तान्तरण गरियो । जिल्लाप्रशासनकार्यालय परिसरमा आयोजितकार्यक्रममागाउँपालिकाअध्यक्षगजेन्द्र खड्काले प्रमुखजिल्लाअधिकारी विष्णु कार्कीलाई हस्तान्तरण गरेको जग्गाधनीपुर्जा सोहीकार्यक्रममाप्रजिअकार्कीले प्रहरी प्रमुखएसपीचन्द्रदेव राईलाई हस्तान्तरण गरेका थिए ।
पुर्जा हस्तान्तरण गर्दै अध्यक्ष खड्काले गाउँपालिकाबासीको शान्ति सुरक्षा र अमनचयनमाकुनै कसर बाँकी नराख्न स्थानीय सरकार संवेदनसिल रहेको बताए । उनले त्यसकालागिआवश्यकप्रहरी कार्यालय स्थापनाभईसकेको तर, कार्यालय र प्रहरी जनशक्तिलाई बस्न भवनबनाउनगाउँपालिकाले जग्गाखरिद गरिदिएको बताए । उनले उपलब्धजमिनमा छिटोभन्दा छिटो भवनबनाउनप्रहरी र प्रशासनमार्फत गृह मन्त्रालयसँगआग्रहगर्ने र त्यसमाअपुगथोरबहुत रकम गाउँपालिकाबाट विनियोजन गर्न आफुतयार रहेको प्रतिबद्धता जनाए ।
प्रजिअकार्की रएसपी राईले जनताको शान्ति सुरक्षाको सवालप्रति गृह प्रशासन र जिल्ला सुरक्षानिकायहरु प्रतिबद्ध रहेको बताउँदै त्यसकालागि स्थानीय सरकारको सहकार्य र सहयोग अपरिहार्य हुने बताए । एसपी राईले प्रहरीलाई जमिनउपलब्ध गराएकोमा गाउँपालिकाप्र्रतिआभार व्यक्तगर्दै चालु आर्थिकवर्ष योजना पेश गरेर आगामीवर्ष भवनबनाउने गरी सरकारसँग बजेट माग गर्ने बताए । उनले रौतामाईसँगै लिमचुङबुङ गाउँपालिकामापनि यसैवर्ष स्वीकृत इलाकाप्रहरी कार्यालयलाई भवनअभाव रहेकाले प्रहरी प्रधानकार्यालयमार्पmत गृह मन्त्रालयमा बजेट माग गर्ने बताए ।









