
राजेन्द्र महतो, लहान । नवगठित जनमत पार्टीको सिरहाको मिर्चैयामा जनसभा सुरु भएको छ । विशाल जनसभामा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत उर्फ सिके राउतले दिप प्रज्वलन गरेर रातो साडी चोलोमा सजिएका पञ्च कन्याले मधेश स्वागत गान गाएर कार्यक्रम सुरु गरेको थियो ।
डा. राउतको सम्बोधन सुन्नका लागि हजारौं हजारको संख्यामा उनका समर्थकहरु सहभागी भएका छन । ठूलो संख्यामा सहभागी रहेकोे उक्त विशाल सभामा सुरक्षा व्यवस्थाको दुरुस्त बनाउन नेपाल प्रहरी सुरक्षा दिनुको साथै सिकेका आफ्नै सुरक्षा गार्डहरु समेत तैनाथ छन् ।
सरकारसँग ११ बुँदै सम्झौता पश्चात राजनीतिक मूलधारमा आएका डा. राउतले लहानको केन्द्रिय परिषद बैठकबाट जनमत पार्टीको घोषणा गरेको थियो । सम्झौताका बेला काठमाडौंमा सम्बोधन गरेका राउत मधेस झरेदेखि केहि बोलेका छैन । त्यसैले शनिबारको राउतको सम्बोधन ऐतिहासिक हुनेछ ।









