उदयपुर / उदयपुरमा असक्त महिलालाई बलात्कार गर्ने एक युवक पक्राउ परेका छन् । बुधबार त्रियुगा नगरपालिका १४ साउनेका २० वर्षिइ किशोर नेपाली स्थानीय असक्त बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेको हो ।
नेपालीलाई सोही वडा बस्ने एक ४५ बर्षीय असक्त बोल्न नसक्ने महिलालाई नजिकैको जंगलमा लगि बलात्कार गरेको पीडित परिवारको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । उनका अनुसार पीडितका परिवारले यस कार्यालयमा बुधबार नै जाहेरी दिएकोले उनलाई पक्राउ गरी अनुसन्धानमा रहेको एसपी राईले जानकारी दिए ।









