झापा । मेची नगरपालिकामा शनिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहानैदेखि हावाहुरी र पानीसँगै परेको चट्याङमा परि अन्य दुई जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङबाट मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनका भाउजु ३६ वर्षीया मञ्जु राउत घाइते भएका छन् । दुवै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ। खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीन जना गम्भिर घाइते भएका थिए। घाइते मध्य राउतको उपचारको क्रममा मृत्यु उपरीक्षक श्रेष्ठले जानकारी दिए।









