उदयपुर । संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं प्रचार विभाग सदस्य रामप्रसाद रिजालले प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लामा ठूलो जनधनको क्षतिमा उपचारार्थ रहेका घाइतेको उपचारमा सरकारको ध्यान जानु पर्ने बताएका छन् । उनले नागरिक बहस अनलाइनसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
बारा र पर्सामा भएको घाइतेहरुले अझैपनि उपचार नपाइएको अवस्था र हाबाहुरी पीडितहरुसँग त्रिपाल नै नपुगेको लगायतका समाचारहरु सुन्नमा आएकोले सम्बन्धित सवै मन्त्रालयको ध्यान जानु पर्ने बताए । उनले हावाहुरी पीडितको लागि शिक्षा, स्वास्थ्यका लागि राहतमा जुट्न आग्रह गरेका छन् । उनले गरिबलाई घरबार विहिन बनाउने गरि आएको उक्त हावाहुरीमा परि ज्यान गुमाउनेहरुका परिवार र अन्य घाईतेहरुको थप उपचारमा समेत सरकारले ध्यान जानु पर्ने बताए । नेता रिजालले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई राहत नपुगेको स्थानमा तत्काल राहत दिन आग्रह गरेका छन् ।
सरकारले ठूलो धनजनको क्षति भएकाले सरकारले तुरन्तै राहत सामग्री वितरण गर्दै पिडीत परिवारलाई गाँस, बाँस र कपासको व्यवस्था गर्नुका साथै स्वास्थ्यको क्षेत्रमा पनि ध्यान दिईरहेको नेता रिजालले बताए ।

तपाईको प्रतिक्रिया